Comments Add Comment

राप्रपालाई गाई चुनाव चिन्ह दिनु हुँदैनः बिजुक्छें

६ चैत, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले राप्रपालाई चुनाव चिन्ह गाई दिन नहुने धारणा राखेका छन् ।

रफत रञ्चार क्लवले गरेको साक्षात्कारमा नेता बिजुक्छेंले धार्मिक सद्भाव कायम राख्न र राजनीतिबाट धर्मलाई अगल राख्नु पर्ने भन्दै राप्रपालाई चुनाव चिन्ह गाई दिन नहुने बताउनु बताए ।

उनले निर्वाचन आयोगले आचारसंहिता जारी गरे पनि ठूला दलहरुले त्यसको पालना नगरेको भन्दै आचारसंहिता लागू गर्ने तर्फ निर्वाचन आयोगको ध्यान जानु पर्नेमा जोड दिए ।

बिजुक्छेंले सरकारमा सामेल दलदेखि प्रतिपक्षले बिभिन्न बहानामा आचारसंहिता उल्लंघन गर्दासमेत निर्वाचन आयोगले केहि गर्न नसकेको टिप्पणी गरे ।

सत्तामा सामेल भएको राप्रपाले सत्ताको दुरुपयोग गर्दै निर्वाचन आयोगको काममा प्रभाव पर्ने गरी सत्ता छाड्ने धम्कीपूर्ण भाषा प्रयोग गर्नु गलत भएको भन्दै सरकारले निर्वाचन आयोगलाई प्रभावमा झेल्ने भन्दा पनि स्वतन्त्रपूर्ण काम गर्न दिनुपर्नेमा उनले जोड दिए ।

स्थानीय तहको निर्वाचनमा बैदशिक हस्तक्षेप नभए नेपालीको चाहना अनुरुप तोकिएको मितिमा हुने भन्दै उनले निर्वाचन बहिष्कार गर्ने अधिकार सबैमा भए पनि सम्भव भएका स्थानमा निर्वाचन गरिनुपर्ने र बाँकीे स्थानमा पछि निर्वाचन गर्न सकिने धारणा राखे ।

नेता बिजुक्छेंलेे नेपाली कांग्रेस र मधेशी दलहरुबीच सत्ता समीकरण हुन सक्ने बताएका छन् ।

उनले अबको सत्ता समीकरणमा एमाले र माओवादी केन्द्र एकातर्फ हुने भन्दै नेपाली कांग्रेस र मधेशी दलहरु बीच सत्ताको समीकरण देखापर्ने बताएका हुन् ।

नेता बिजुक्छेंले निर्वाचन र संबिधान संशोधन एकै समयमा हुने नसक्ने बताए । त्यसका लागि पहिलो निर्वाचन गर्ने र त्यसपछि संविधान संशोधन गरिनुपर्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment