Comments Add Comment

नवलपुरका किसानलाई चैते धान लगाउने चटारो

७ चैत, नवलपरासी । असार १५ मा किसानहरुलाई बर्षे धान लगाउन जति हतार हुन्छ सिंचाई सुविधा भएको र सिमसार क्षेत्रका किसानहरुलाई अहिले चैते धान लगाउन त्यस्तै हतार रहेको छ ।

नवलपरासीको नवलपुर क्षेत्रका रतौल, चिलाहा, कोल्हुवा, रजहर, पिठौली, नारायणी, त्रिभुवनटार, हेगौलीका साथै पहाडको बुलिङटार, डेढगाउं लगायतका क्षेत्रमा चैत्र धान खेती हुने गर्छ ।

चैते धान हुने क्षेत्रका नवलपरासीका किसानहरुलाई अहिले अर्मपर्म गरेर एकले अर्कालाई सघाउादै चैते धान लगाउन हतार छ ।

बर्षे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने गरेको जिल्ला कृषि विकास कार्यालय नवलपरासीका बरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले बताए । उनले सिंचाई हुने क्षेत्रमा चैते धान राम्रो हुने बताए ।

नवलपरासीमा १७ सय हेक्टर क्षेत्रफलमा चैते धानको खेती हुने गर्दछ । बर्षेधान प्रतिहेक्टर ३ टनभन्दा बढी धान उत्पादन हुने गर्नेमा चैते धान प्रति हेक्टर ४ देखि ४ टनसम्म उत्पादन हुने गर्दछ ।

जिल्ला कृषि विकास कार्यालय नवलपरासीका वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले नवलपरासीमा साढे सात हजार टनसम्म चैते धान उत्पादन हुने गरेको बताए ।

खाद्यान्न अभावको परिपूर्तिका लागि राम्रो उपाय भएकोले नवलपरासी चैते धानको क्रमशः विस्तार हुंदै गरेको गैरेले बताए ।

गैरेका अनुसार चैते धानमा रोग किरा पनि कम लाग्ने भएकोले पनि किसानहरुका लागि चैते धान खेती राम्रो मानिन्छ । चैते धान उत्पादन हुँदा बर्षाको समय हुने भएकोले चैते धान स्याहार्ने बेलामा किसानले अलिकति सजकता अपनाउन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment