Comments Add Comment

ब्रेकअपको पीडाले सोनाक्षीको आँखाबाट आँशु छल्कियो


नायिका सोनाक्षी सिन्हा प्रेमको मामालामा कमै मात्र पर्ने गर्छिन् । सोनाक्षीलाई बलिउडमा तडकभडक नगर्ने नायिकाको रुपमा पनि लिइन्छ । तर, उनै सोनाक्षी आइतबार बेलुकी एक स्टूडियोबाट बाहिर निस्कदै गर्दा केहि भावूक देखिइन् ।

यतिबेला बलिउड मिडियामा सोनाक्षी सिन्हा र उनका प्रेमी बन्टी सचदेवको व्रेकअपको खबर निकै आइरहेको छ । सोनाक्षी र बन्टीले कहिले पनि प्रेम स्विकार गरेका थिएनन् । तर, यी दुइविच बिहे नै हुन लागेको सम्मको खबर मिडियामा आइरहेका थिए ।

तर, अहिले सोनाक्षी र बन्टीको प्रेममा व्रेकअप लागेको खबर सार्वजनिक भैरहेको छ । कतै सोनाक्षीको आँखामा आँशु, यहि कारणले आएको त होइन, अड्कल लगाउन सकिन्छ । सोनाक्षी अहिले आफू सिंगल रहेको बताउँदै आइरहेकी छिन् । सन् २०१२ देखि सोनाक्षी बन्टीसँग डेटमा रमाइरहेकी थिइन् । यो बिषयमा सोनाक्षी र बन्टी दुबैले कुनै प्रतिक्रिया दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment