Comments Add Comment

बजारमा फर्किएको ६ महिना नबित्दै श्रीराम मिल्स फेरि ९० करोड उठाउँदै

८ चैत, काठमाडौं । गत असोज २ गते करीब ६ वर्षपछि पुन: कारोबार भएर आफु ‘जीवत’ नै रहेको देखाउँन आइपुगेको श्रीराम सुगर मिल्सले फेरी पनि लगानीकर्ताबाट पुँजी उठाउने भएको छ ।

सन् २०१० मा अन्तिम पटक कारोबार भएर त्यसयता कारोबार हुन नसकेको कम्पनी फर्किए पनि अझै नियमित कारोबार हुने कम्पनीको सुचीबाट बाहिर छ ।

यसपटक गत माघ १८ गते अन्तिम पटक सेयर कारोबार भएको कम्पनी दोस्रो बजारमा आउँनुको उदेश्य पुन : पुँजी उठाउने नै रहेको छ ।  कम्पनीको सेयर १ सय १४ रुपैयाँमा कारोबार भएको थियो । कम्पनीले चैत २८ गते हुने २२ औं बार्षिक साधारण सभामा १ बराबर ३ अनुपात अर्थात् १ कित्ता हुनेले ३ सेयर पाउँने गरि हकप्रद सेयर समेत जारी गर्ने प्रस्ताव लैजादै छ ।

नेप्सेमा हाल  ३० लाख ४५ हजार कित्ता सेयर सुचीकृत रहेको कम्पनीको कमब्याक भएको दिन मात्रै १५ प्रतिशत (४ लाख ५५ हजार कित्ता) सेयर किनबेच भएको थियो ।

कम्पनीमा नयाँ लगानीकर्ता प्रवेश भएको खबरहरु आएका थिए । तर त्यसबखत कम्पनीका सचिव माधव बस्नेतले अधिक स्वामत्वि गोल्छामा नै रहने र केही भने नयाँ समूहले किन्ने जानकारी दिएका थिए । कम्पनीमा बिशाल (अग्रवाल समूह) प्रवेश गर्न लागेको भन्दै एक पुराना ब्रोकरले पनि लगानी गर्न थालेको जानकारी त्यतिखेर दिएका थिए । कम्पनी सचिवले चुक्ता पुँजी १ अर्ब पुर्याउँने योजना अनुसार हकप्रद जारी गर्न लागेको बताएका थिए । हाल नेप्सेमा उल्लेख भएअनुसार ३० करोड ४५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद जारी भएका चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

तर कम्पनीले पुनः कारोबार शुरु गर्न आउँदा नेप्सेमा पेश गरेको विवरण अनुसार चुक्ता पुँजी २९ करोड ६७ लाख रुपैयाँ छ । हिसाबमा केही त्रुटी देखिएको कारण यस्तो भएको बताइदै आएको छ । चुक्ता पुँजीमा १ करोड रुपैयाँ बराबरको हिसाब देखिदैन् ।

कम्पनीले नेप्सेमा प्रस्तुत गरेको विवरणमा आव २०७१/७२ मा संस्थापकहरुबाट २० करोड ६० लाख रुपैयाँ अग्रिम रुपमा उठाइएको छ ।

कम्पनीको हालको अवस्था पनि दयनिय छ । कम्पनीको नेटवर्थ ९७ करोडले ऋणात्मक छ । कम्पनी आव २०७१/७२ मा १४ करोड ४६ लाख रुपैयाँ नोक्सानमा छ । नकारात्मक खुद आम्दानी रहेको कम्पनीले सो आवमा ७६ लाख कमाउँन सफल भएको थियो ।

कम्पनीसंग अल्पकालिन र दिर्घकालिन गरेर ४४ करोड रुपैयाँ कर्जा रहेको छ । कम्पनीले तिर्न बाँकी रकम १ अर्ब १५ करोड रहेको छ भने कच्चा सामान करीब ८ करोड ८६ रहेको छ । तर कम्पनीले तिर्न पर्ने रकम १४ करोड १३ लाख रुपैयाँ छ । इन्कम स्टेटमेन्ट १ अर्ब २७ करोड नकारात्मक छ । कम्पनीको खुद सम्पत्ती ८४ करोड ६३ लाख रुपैयाँ मात्र छ ।

वित्तीय विवरणमा जनाइए अनुसार सञ्चालकहरुमा के ठाकुर, एन एस श्रेष्ठ, टी आर थापा, एसआरभी लेयर, पी के झा छन् । कम्पनीको फाइनान्स एक्जुकेटिभमा एन के गुप्ता रहेका छन् । गोल्छा समुहको लगानी भनेपनि यो समुहबाट सञ्चालक समितिमा देखिने गरेर प्रतिनिधित्व छैन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment