Comments Add Comment

एटीएम कार्डबाट करोडौं रकम चोरी गर्ने गिरोह पक्राउ

८ चैत, काठमाडौं । क्लोन म्याग्नेटिक कार्ड प्रयोग गरेर अरुको एटीएम कार्डबाट करोडौं रकम चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

यो समूहले काठमाडौंका साथै भारतका ठूला ब्यापारी तथा कम्निीहरुले सञ्चालनमा ल्याएको प्वाइन्ट अफ सेल (पीओएस) मेसिनका सञ्चालकको मिलेमतोमा विभिन्न व्यक्ति तथा संस्थाको बैंक खातामा रहेको रकम चारेको खुलेको छ । पीओएस मेसिनमा डेबिट, क्रेडिट, सेक्युरिटी, पि्रपेड र बैंक कार्ड प्रयोग गर्नेहरुको खताबाट करोडौं रकम चोरी भएको पाइएको छ ।

प्रहरीका अनुसार मुख्य योजनाकार सरेश केसी पनि पक्राउ परेका छन् । दोलखा भिमेश्वरका उनी बुढानीलकण्ठमा बस्दै आएका थिए । आईटी इन्जिनियर अभिषेकसहित केवलप्रताप जबरा, अनुज नकर्मी, रोमन महर्जन, विजय लामा दोङ, र भारतका नदिम खान पक्राउ परेका छन् ।

यो समूहले दुई वर्ष अघि पोखराको टिका रिसोर्टबाट २ करोड निकालेको खुलेको छ । क्षेत्रपाटीको डिसोभिनियरबाट ३० लाख, चाबहिलको चाँदनी ज्वैलर्सबाट ४७ लाख, भक्तपुरको पौरजिक थान्काबाट ४५ लाख र महाराजगञ्जको लिक्वायर कम्पनीबाट ४ लाख निकालेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment