Comments Add Comment

चिनियाँ रक्षामन्त्री नेपाल आउँदै, आजै प्रधानमन्त्रीसँग भेट गर्ने

१० चैत, काठमाडौं । चिनियाँ रक्षामन्त्री चाङ वाङक्वान आज नेपाल आउँदै छन् । तीनदिने भ्रमणका लागि उनी पौने एक बजे नेपाल अवतरण गर्ने छन् ।

उनले आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता कार्यक्रम तय भएको छ । चिनियाँ रक्षामन्त्रीसँगको भेटपछि प्रधानमन्त्री दाहाल चीन जाने छन् ।

श्रीलंकाको भ्रमण सकेर नेपाल हुँदै बेइजिङ फर्किन लागेका रक्षामन्त्री चाङले आजै नेपाली समकक्षी बालकृष्ण खाणसँग पनि भेटवार्ता गर्ने छन् ।

दुई देशका रक्षामन्त्रीबीच सेनाको सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

चिनियाँ रक्षामन्त्रीले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्ऽ निधि र प्रधानसेनापति राजेन्ऽ क्षत्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा चाङले नेपाली सेनाको उपत्यका पृतनाको निरीक्षण तथा अवलोकन भ्रमण गर्नेछन् । चाङको भ्रमण टोली १९ सदस्यीय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment