+
+
Shares

निर्माणाधीन भवनवाट खसेर मलेसियामा भोजपुरका एक युवाको मृत्यु

रामचन्द्र नेपाल रामचन्द्र नेपाल
२०७३ चैत १२ गते ११:१०

१२ चैत, क्वालालम्पुर । मलेसियाको पुत्राजयामा वन्दै गरेको २३ तले अग्लो भवनबाट खसेर शुक्रवार एक नेपालीको मृत्यु गएको छ । एन्टिकरप्सन कमिसन बिल्डिङवबाट खसेर भोजपुर रानीवन ९ हर्काका ३१ वषर्ीय भीमबहादुर कटुवालको मृत्यु भएको हो ।

मलेसियाको प्रहरीले १७ वा २३ तला माथिबाट खसेको हुनसक्ने अनुमान गरेको स्थानीय संस्था ‘द स्टार’ले जनाएको छ ।

कटुवालका छिमेकि कमल वस्नेतले दिएको जानकारीअनुसार उनी करीव तीन वर्ष अगाडि रोजगारीको लागि मलेसिया आएका थिए । कटुवालको परिवारमा दुई छोरा र श्रीमती रहेको वताईएको । शवलाई स्थानिय अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?