पश्चिम नेपाल भौगोलिक रुपमा जति विकट भनेर चिनिन्छ, प्राकृतिक रुपमा उत्तिकै रमणीय पनि छ। प्रकृतिको उपहारसँगै यस क्षेत्रमा धार्मिक पर्यटनका पनि आकर्षक गन्तव्यहरु छन् । त्यसैमध्येकोएक हो, डडेल्धुराको परशुराम नगरपालिकामा रहेको परशुराम धाम ।
नेपाल–भारत सिमाना छुट्याउने महाकाली नदीको किनारमा थपक्क बसेको छ मन्दिर ।
खासगरी माघे संक्रान्तिको बेला ठूलो मेला लाग्ने परशुराम धाम मन्दिरको विशिष्ट महिमा छ । महाभारतबाट निस्किएको रंगुन नदी र मानसरोवरबाट निस्किएको श्यामा, सरयु र महाकालीनदीको संगमस्थलका रुपमा परिचित परशुराम धाम क्षेत्रको बारेमा धार्मिक ग्रन्थहरुमा समेतउल्लेख गरिएको पाइन्छ ।
त्रेतायुगमा विष्णुको छैटौं अवतारको रुपमा परशुरामले हैह्यवंशी क्षेत्रीहरुको २१ चोटि संहारपछि पुनःयही क्षेत्रमा आएर तपस्या गर्दै यज्ञ गरेको कुरा स्कन्दपुराणको मानसखण्डमा वर्णन गरिएको छ ।
यस्तै, यो क्षेत्रमा धर्मराज युधिष्ठिरले समेत यज्ञ गरेको र धर्मको लागि द्वारको समेत निर्माण गरेकोजनविश्वास रहिआएको छ ।
धाम क्षेत्र करिब ८५ बिगाह क्षेत्रफलमा फैलिएको छ । यो परिसरमा पर्शुरामकी आमा रेणुकाकोमन्दिर, धर्मद्वार, सत्ययुगदेखि रहेको बताइने वर–पीपल समेत देख्न पाइन्छ । साथै, परशुरामस्नानघाट, बाङ्घाट र भागेश्वर घाट पनि छन् ।
माघे संक्रान्तिको मेलामा डडेल्धुराका साथै डोटी लगायत ठाउँका २२ द्यौराहरु (देवता) लाई स्नान गर्नयस क्षेत्रमा ल्याउने गरिन्छ । माघे संक्रान्तिका साथै औंशी, पूर्णिमा र ग्रहण लागेको समयमा समेतयस क्षेत्रमा अन्य भक्तजनहरु स्नान गर्न आउने गरेको पर्यटन व्यवसायी प्रकाश भट्टले बताए ।
सुदूरपश्चिमबाट नजिकै रहेको भारतीय तीर्थस्थल हरिद्वारको जत्रै महिमा र आस्था परशुराम क्षेत्रकोरहेको पाइन्छ । तर, सरकारी उदासीनताका कारण यो क्षेत्रको आवश्यक प्रवर्द्धन हुन सकेको छैन ।
कसरी पुग्ने ?
पूर्व–पश्चिम राजमार्गको दैजी सडकखण्डबाट परशुराम धाम ३० किलोमिटरको दूरीमा पर्छ । यहाँपुग्न दैजीबाट सवारी साधनमा करिब दुई घण्टा लाग्छ । बाटोमा पर्ने ५ सय ८० मिटर लामो बेतकोटतालले यात्रालाई थप रोमाञ्चक बनाउँछ । बेतकोट तालमा घुम्न र पिकनिक खान पर्यटकहरु आउनेगरेको पर्यटन व्यवसायी परमानन्द भण्डारीले बताए ।
नदी कटानको चुनौतीः कैलाशकुमार पाण्डे
अध्यक्ष, परशुराम क्षेत्र विकास समिति
यस क्षेत्रमा पर्यटकको आगमन जति हुनुपर्ने हो, त्यति हुन सकेको छैन । धाम जाने बाटो राम्रोनभएकाले पर्यटक नआएको हुन सक्छ । तर, बाटोसहित मन्दिरको अन्य पूर्वाधार निर्माणका लागिहामी जुटिरहेका छौं ।
पशुराम धामको मुख्य चुनौती महाकाली नदीले गरिरहेको कटान हो । यसमा राज्यले तत्कालै ध्यानदिनुपर्छ । नदी कटानका कारण कुनै दिन यो क्षेत्र नै हराउने खतरा देखिएको छ ।
भरतबन्धु थापा / दीपक उपाध्याय
प्रतिक्रिया 4