‘सही पकड है’ संवादबाट चर्चामा आएकी नायिका एवं ‘भाभीजी घर पर हे’ सिरियलमा काम गरेकी कलाकार शिल्पा शिन्देले आफूलाई निर्माताबाट यौन दुर्व्यवहार भएको आरोप लागाएकी छिन् । निर्माता सञ्जय कोहलीले यौन र मानसिक यातना दिएको भन्दै उनले प्रहरीमा उजुरी दर्ता गराएकी छिन् ।
उनले पालघर जिल्लाको वाल्वी प्रहरी कार्यलयमा उजुरी समेत दर्ता गराएकी छिन् । शिल्पाको भनाई अनुसार निर्माता कोहलीले भनेका थिए-‘तिमी मेरो ख्याल गर, म तिम्रो ख्याल गर्छु ।’ आफूलाई तीनचार पटक अनुचीत ब्यबहार गरेको पनि आरोप उनले लगाएकी छिन् ।
आर्टिस्ट एसोसिएशनमा पनि यौन उत्पीडनको शिकार भएको जानकारी गराएको शिल्पाले बताएकी छिन् । उनले भनेकि छिन्-‘हाम्रो चलचित्र उद्योगमा बलात्कार त हुन्न तर, अनुचित ब्यबहार गर्नेहरु धेरै छन् ।’
कोहलीले आफूलाई अंकमाल गर्दा आफ्नो संवदेनशिल अंगमा छोएको समेत उनले आरोप लगाएकी छिन् ।