+

अष्ट्रेलियाबिरुद्ध भारतले ६ विकेट गुमाएर २४८ रन बनायो, अझै ५२ रनले पछाडि

२०७३ चैत  १३ गते १७:५३ २०७३ चैत १३ गते १७:५३
अष्ट्रेलियाबिरुद्ध भारतले ६ विकेट गुमाएर २४८ रन बनायो, अझै ५२ रनले पछाडि

१३ चैत, काठमाडौं । अष्ट्रेलियाबिरुद्धको चौथो तथा निणर्ायक टेष्टको दोस्रो दिन ब्याट्सम्यानहरुको प्रदर्शन सामान्य रहँदा भारतले ६ विकेट गुमाएर २४६ रन जोडेको छ । पहिलो इनिङमा भारत अझै ५२ रनले पछाडि छ ।

टस जितेर ब्याटिङ गरेको अष्ट्रेलिया पहिलो दिनको एक ओभर बाँकी रहँदा ३०० रनमा समेटिएको थियो ।

दोस्रो दिनको सुरुमै ओपनर मुरली बिजयलाई गुमाएको भारतका लागि अर्का ओपनर केएल राहुल र चेतेश्वर पुजाराले ८७ रनको साझेदारी गरे । राहुल ६० रनको व्यक्तिगत स्कोरमा आउट हुँदा पुजाराले पनि ५७ रनमात्र बनाउन सके ।

अष्ट्रेलियाका स्पिनर नाथान ल्योनले चार विकेट लिँदा भारतीय ब्याट्सम्यानहरुले ठोष साझेदारी गर्न सकेनन् । कोहलीको अनुपस्थितिमा कप्तानको भूमिकामा रहेका अजिंक्या राहणेले पनि ४६ रनमात्र बनाउन सके । रविचन्द्रन आश्विनले पनि ३० रन जोडे ।

दोस्रो दिनको समाप्तिसम्म भारत २४८/६ को स्थितिमा छ भने रविन्द्र जडेजा १६ र ऋद्धिमान शाह १० रनमा क्रिजमा छन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय