+
+

काठमाडौं निजगढ फास्ट ट्र्याक निर्माणको जिम्मा सेनालाई दिने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १७ गते २०:२६

१७ चैत, काठमाडौं । सरकारले काठमाडौं निजगढ फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिने विकल्पबारे छलफल थालेको छ ।

फास्ट ट्र्याक निर्माणबारे अध्ययन गरिरहेको भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले सेनालाई पहिलो प्राथमिकतामा राखेको छ । र, यसबारे रक्षा मन्त्रालयमार्फत सेनाको राय मागिएको छ ।

वित्तीय व्यवस्थापन सरकार आफैंले गर्ने गरी सेनालाई निर्माणको जिम्मा दिने मन्त्रालयको योजना छ । सेनामा एउटा संयन्त्र बनाएर व्यवस्थाको जिम्मा दिने कि भन्ने विकल्पमा छलफल गरिरहेका छौं’ एक अधिकारीले भने ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पनि सेनालाई दिनेसहितका विकल्पमा छलफल भइरहेको स्वीकार गरे ।

फास्ट ट्र्याकको ट्राक खोल्ने काम पनि नेपाली सेनाले नै गरेको थियो । अब सेनालाई नै निर्माणको जिम्मा दिने हो भने आयोजनामा राजनीति नहुने र समयमा काम हुने मन्त्रालयको बुझाइ छ ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा फास्ट ट्र्याक निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने योजना थियो । तर, चौतफी विरोध भएपछि सरकार यो योजनाबाट पछि हटेको छ ।

केपी ओली नेतृत्वको अघिल्लो र प्रचण्ड नेतृत्वको वर्तमान दुबै सरकारले फास्ट ट्र्याक नेपाल आफैंले बनाउने बताएको छ । प्रचण्ड सरकारले योजना आयोगका उपाध्यक्षको नेतृत्वमा बनाएको कार्यदलले पनि फास्ट ट्र्याक नेपाल आफैंले बनाउनु पर्ने राय सरकारलाई दिएको थियो ।

तर, भारतले अझै पनि यो आयोजनामा आफ्नो चासो देखाउन छाडेको छैन । हालै मात्र नेपालका लागि भारतका नवनियुक्त राजदूत मञ्जीव सिंह पुरीले फास्ट ट्र्याकमा चासो व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?