Comments Add Comment

समर टिप्सः कस्तो पहिरन लगाउने ? कसरी देखिने कुल ?

मौसमी परिवर्तनसँगै तन्नेरीको फेसन बद्लिन्छ । हेयरस्टाइल बद्लिन्छ । खानपान बद्लिन्छ । समग्र जीवनशैली बद्लिन्छ ।

यतिबेला समर सिजन सुरु भइसकेको छ । दिनहुँ मौसमी तापमान बढ्दैछ । जति गर्मी बढ्यो, उत्तिनै आफ्नो लुगा बोझिलो लाग्छ । पसिनाले निथ्रुक्क हुन्छ । पसिना र धूलो धुँवाले शरीरमा गन्ध आउन थाल्छ । यावत् समस्याबाट कसरी पार पाउने ? कस्तो पहिरन लगाउने ? कसरी कुल देखिने ?

अनलाइनखबरले यहाँ केही टिप्स पस्किएको छ, जो समरका लागि उपयोगी हुनसक्छ ।


कलरफुल र हल्का परिहन

फेसनविज्ञले समरको लागि कलरफुल परिहन सिफारिस गर्छन् । यो बसन्त ऋतुको मौसम पनि हो । यतिबेला चारैतिर हरियाली हुन्छ, रंगबिरंगी फूलहरु ढकमक्क फुल्छ । प्रकृतिको यस्तो पृष्टभूमीमा कम्बिनेसन मिलाउन कलरफुल पहिरन उपयोगी हुन्छ ।

१. यो सिजनमा ब्राइट कलर उपयुक्त हुन्छ । यसले घामको किरणलाई परावर्तन गरेर सितलता प्रदान गर्छ ।

२. स्टाइलिस देखिने चक्करमा फिटिङ्स लुगा लगाउनु हुन्न । यतिबेला लुज पहिरनले सुहाउदो र ट्रेन्डी देखिन्छ ।

३. गर्मीमा धेरै पसिना आउने नै भयो । पसिनाको दुश्प्रभावबाट बच्न सुतीको पहिरन उपयोगी हुन्छ ।


यसरी देखिने कुल

गर्मीमा गाढा अध्याँरो रंगको पहिरन पटक्कै सुहाउँदैन । त्यस्तो पहिरनले भद्दा देखिन्छ । हल्का, उज्यालो पहिरन, सनग्लास, छोटो केसले गर्मीमा कुल लुक्स प्रदान गर्छ ।

१. गर्मीको सिजनमा जाडोमा भन्दा चाडै लुगा मैला देखिन्छ, पसिनाको कारण दुर्गन्ध फैलन्छ । यसबाट बच्न सरसफाईमा बिशेष ध्यान दिनुपर्छ ।

२. केस तथा दाह्री जुँगा लामो राख्दा अलि भद्दा देखिन्छ । त्यसैले संभव भएसम्म त्यसलाई छोट्याउने ।

३. प्रत्येक दिन चिसो एवं सफा पानीले नुहाउने गर्नाले पसिनाको दुर्गन्ध आउने समस्य कम हुन्छ ।


छाला र केसको सौन्दर्य जोगाउन

चर्को घामले छालाको सौन्दर्यमा सोझो असर गर्छ । यतिबेला सुख्खा हावा चल्ने, धूँवा धुलो उड्ने भएकाले केस, अनुहार तथा हात, खुट्टाको छाला जोगाउनुपर्छ ।

१. गर्मीमा घर वाहिर निस्कनुअघि लुगाले नछोप्ने खुला भागमा सन प्रोटेक्सन क्रिम लगाउनु पर्छ ।

२. सकेसम्म पुरै शरीर ढाक्ने पहिरन लगाउनु पर्छ । यसले गर्दा घामको सोझो प्रभाव छालामा पर्दैन । सनग्लासको प्रयोगले आँखाको सुरक्षा त गर्छ नै फेसनेवल पनि देखाउँछ ।

३. समर सिजनमा घर वाहिर हिँडडुल गर्दा छाता ओड्नु पर्छ, जसले घामको किरण सोझै अनुहार तथा शरीरको खुला भागमा पर्दैन ।


कुल देखिने घरेलु काइदा

गर्मीमा आफ्नो सौन्दर्य र स्वास्थ्यलाई बिशेष ख्याल गर्नुपर्छ । यसका लागि पर्याप्त पानी पिउने, ताजा फलफूलको सेवन गर्ने । गर्मीमा शरीरलाई पानीको आवश्यक्ता धेरै हुन्छ । यसबाहेक केहि घरेलु काइदा छन्, जसले गर्मीमा कुल लुक्स पस्कन मद्दत गर्छ ।

१. काक्रालाई स्लाइस गरेर आँखामा राख्नुपर्छ । यसले गर्दा आँखामा ताजगी महसुष गर्न सकिन्छ ।

२. गोलभेडा छालाको लागि एकदमै फाइदाजनक हुन्छ । यसमा एन्टिअक्सिडेन्ट पाइने भएकाले गोलभेडाको प्रयोगले पनि छाला चम्किलो र स्वस्थ्य हुन्छ ।

३. गोलभेडालाई काटेर त्यसको टुक्राले अनुहारमा रगड्नु पर्छ, त्यसपछि सफा पानीले धुनुपर्छ ।
यसरी रहने फिट एन्ड फाइन

गर्मीमा कुनैपनि रोगको संक्रमण चाडै फैलन्छ । यसबाट जोगिने माध्याम भनेको सरसफाई र खानपान हो ।

१. गर्मीमा धेरै पसिना आउने भएकाले शरीरमा पानीको मात्रा कम हुन्छ । त्यसैले पर्याप्त पानी पिउनुपर्छ । मौसमी फल र ताजा सलादको सेवन पनि लाभयदाक मानिन्छ ।

२. यस सिजनमा खानेकुराहरु चाडै सड्छ । यसरी सडेगलेको, बासी खानेकुराको सेवनवाट वच्नुपर्छ । गर्मीमा खानेकुराहरु सजिलै पच्न सक्दैन, त्यसैले सुपाच्य, फाइबरयुक्त खानेकुराको सेवन उपयुक्त हुन्छ ।

३. संभव भएसम्म घर वाहिरको खानेकुरा नखानु राम्रो हुन्छ । फुटपाथमा खुला राखिएको खानेकुरा सेवन गर्दा स्वस्थ्यमा असर पर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment