१८ चैत, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले अनुमति नलिई सञ्चालनमा रहेका पानी कम्पनी र खानेपानी वितरण गर्ने ट्याङ्करहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा कसैसँग सम्झौता गर्न नसकिने भन्दै मन्त्री शाहीले तत्काल दर्ता प्रक्रियामा आउन निर्देशन समेत दिएका छन् । शाहीले तोकिएको समयभित्र अनुमति नलिने खानेपानी कम्पनी, फर्म लगायत संस्था सञ्चालन गर्न नदिने बताएका छन् ।
इजाजत नलिई सञ्चालन रहेका खानेपानी कम्पनीबाट उत्पादन भएको खानेपानीको गुणस्तर र अनुगमन गर्न कठिनाई भएकाले अनिवार्य रूपमा अनुमति लिनुपर्ने उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4