Comments Add Comment

अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँग श्रद्धा कपुर !


अन्डरवर्ल्ड डन दाउद इब्राहिमको बलिउड कनेक्सन रहस्यमय छ । ‘आतंक’को पर्याय मानिने दाउदसँग कति बलिउड स्टारले कुम जोडेको प्रसंगले बेलाबखत ठूलै हचलच मच्याउने गर्छ । यतिबेला यी खुंखार डनसँग श्रद्धा कपुर देखिएका छन् । तर, पोस्टरमा मात्र ।

यो पोस्टर हो, ‘हसीना द क्वीन अफ मुम्बई’ को, जसमा श्रद्धाले दाउदको बहिनीको भूमिका निर्वाह गरेकी छिन् । भनिहालौं, यो फिल्म अन्डरवल्र्ड डन दाउदकै बहिनी हसीना पारकरको जिन्दगीमा आधारित छ । फिल्ममा श्रद्धा कपुर मूख्य भूमिकामा छिन् । र, सिद्धान्त कपुर चाहि दाउद इब्राहिम बनेका छन् ।

अपूर्व लाखियाको निर्देशन रहेको फिल्म आगमी जुलाईको दोस्रो साता सार्बजनिक हुँदैछ । हाल भने फिल्मको पोस्टर सार्वजनिक गरिएको हो ।

हसिनाको रोचक कथा

– दाउद भारत छाडेर दुबई भागेपछि बहिनी हसिनाले मुम्बईको कारोबार सम्हालेकी थिइन् ।

– दक्षिण मुम्बईको केहि इलाकामा हसिनाको दबदबा थियो ।

– प्रष्ट रुपले उनी कुनै अपराधमा देखिँदैन थिए, तर के भनिन्थ्यो भने दक्षिण मुम्बईमा उनको मर्जी बिना पात पनि हल्लिँदैन ।

– उनलाई नागपाडाकी गडमदरको नामले पुकारिन्थ्यो ।

– दाउदको अथाह सम्पतिको मालिक थिइन्, हसीना ।

– हसिनाको दुई छोरा र एक छोरी जन्मिए, जसमध्ये एउटा छोरोको सडक दुर्घटनामा मृत्यु भयो ।

– अन्डरवल्र्डको ग्याङ वार हुनुको कारण नै हसिना विधवा हुनु हो ।

– पछि हसिनाको मृत्यु मुटु रोगको कारण भएको भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment