Comments Add Comment

डोकेबजार-बेलौरी हुलाकी सडक निर्माण सुरु

 

१८ चैत्र, कैलाली । करिव २ महिना अघि भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले शिलन्यास गरेको डोकेवजार-बेलौरी हुलाकी सडक खण्डको काम सुरु भएको छ ।

डोकेवजारदेखि बेलौरी सम्म १९ किलोमिटर सडक खण्डमा रहेका पुराना हृयुमपाइपहरु हटाएर कल्भर्ट हाल्ने काम तीब्र गतिमा भैरहेको छ ।

भारत सरकारको सहयोगमा निर्माण सुरु गरिएको यस सडक खण्डमा पछिल्लो पटक भारत सरकारले निर्माण नगर्ने जनाएपछि नेपाल सरकारले निर्माण सुरु गरेको हो ।

शर्मा/राजेन्द्र जेवी कम्पनीले निर्माणको ठेक्का पाएको सडक खण्डको लागत ३६ करोड ४७ लाख रुपैयाँ छ । सडकको चौडाई ७ मिटर पक्की र दुबै साईड अढाई-अढाई मिटरको बेश रहने निर्माण कम्पनीका ईन्जिनियर रोशन भट्टले जानकारी दिए । २०७३ फागुनमा सम्झौता गरिएको सडकको निर्माण कार्य २०७६ भदौमा सम्पन्न हुने इञ्जिनियर भट्टले बताए ।

निर्माणाधीन हुलाकी सडक खण्डमा रहेका सबै हृयुमपाइपलाई हटाएर कल्भर्टहरु निर्माण भैरहेको छ ।

कञ्चनपुरको दक्षिणी बेल्ट जुन कैलालीको सदरमुकाम धनगढीबाट नजिक रहेको छ । यहाँका जनताहरु प्रशासनिक कार्यलाई छोडेर अन्य कामका लागि धनगढीनै धाउनु पर्ने बाध्यता छ । सडक निर्माण भएपछि आवतजावत लाई सजिलो त हुने नै भयो, धुलो र पानी पर्दा चिप्लो हुने समस्याको समाधान हुनेमा स्थानीयहरु खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment