+
+

टि्वटरले अक्षरको सीमा बढाएन, तर यसो गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १८ गते १०:००


टि्वटरले आफ्नो १४० अक्षरको सीमालाई नबढाइकन यसलाई अलि सहज बनाउने रचनात्मक उपाय निकालेको छ । कम्पनीका अनुसार १४० अक्षरको सीमामा सम्वन्धित व्यक्ति वा समुहको युजरनेम अब गणना हुने छैन ।

यो विशेषगरी सामुहिक वार्ताका क्रममा उपयोगी हुनेछ जहाँ एकपटकमा दुई तीन वा बढि प्रयोगकर्तालाई रिप्लाई गर्न अक्षरको सीमाका कारण कठिन हुन्छ । जब प्रयोगकर्ताले जवाफ दिन्छ, उसले जवाफ दिइरहेका व्यक्तिहरुको नाम वास्तविक टि्वटको माथिपट्टी हुने छ नकि टि्वटभित्रै ।

अघिल्लो वर्ष टि्वटरले अक्षरको सीमाभित्र फोटो, भिडियो, उद्धरण टि्वट, जनमत र जिआइएफ एनिमेसनलाई अक्षर सीमाभित्र नपार्ने जनाएको थियो । यसले युजरनेमलाई पनि गणना गर्न छोड्ने भनेको छ तर, कहिलेदेखि भन्ने स्पष्ट छैन ।

नयाँ प्रयोगकर्ताहरुलाई आकर्षण गर्न नसकिरहेको टि्वटरले विचार तथा विरोधका स्वरहरुलाई फोटो तथा अन्य मिडियामार्फत अभिव्यक्त गर्ने स्वतन्त्रता दिएर अहिलेकै सीमाभित्र आफ्ना आलोचक र समर्थकहरुलाई फकाउन खोजिरहेको छ ।

टि्वटरमा अक्षरको सीमा यसकारण तोकिएको थियो कि एसएमएसको जमानामा टि्वटहरु एउटै टेक्स्ट म्यासेजभित्र अटाउन सकुन् । तर, अहिले अधिकांस व्यक्तिहरु मोबाइल एपमार्फत टि्वटरको प्रयोग गर्छन् । अहिले त्यस्तो कुनै प्राविधिक वाध्यता छैन, तर टि्वटर आफ्नो मौलिकतामा अडिइरहन चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?