Comments Add Comment

विश्वकै उत्कृष्ट तस्वीरमा नेपाल पनि, हेर्नुस् मन बहलाउने ११ तस्वीर

यस वर्षको सोनी वर्ल्ड फोटोग्राफी अवार्डका विजेताहरुको सूची सार्वजनिक भएको छ । १ लाख ५ हजार फोटोहरुमध्येबाट १० विधामा उत्कृष्टको छनोट गरिएको हो । विजेताहरु यसप्रकार छन्ः

१.

जर्मन फोटोग्राफर राल्फ ग्राफ्सको ‘ग्यासिङ अप एट रोयस’ सर्वोत्कृष्ट ट्राभल फोटो छानिएको छ । तस्बिरमा एउटा गाडी ग्यास स्टेसनमा तेल भर्न आएको देखिन्छ । तस्वीरको पृष्ठभूमि निकै गहकिलो छ ।

२.

सर्वोत्कृष्ट वाइल्डलाइफ फोटोमा अलेसान्द्रा मेनिकोन्जीले नामिबियामा खिचेको ‘फ्लेमिङ्गोस सोल’ शीर्षकको फोटो परेको छ ।

‘म वाइल्डलाइफ फोटोग्राफर होइन, तर जब मैले वाल्भिस बेमा सारसहरु पानीमा बसेको पहिलोपटक देखेँ, त्यसले मलाई क्रेजी बनायो,’ फोटोग्राफर भन्छन् ।

३.

कोलम्बियन फोटोग्राफर कामिलो डायजले अन्डरवाटर रग्बीको यूरोपियन जुनियर च्याम्पियनसीपका क्रममा २०१६ मा खिचेको फोटो स्पोट्र्स फोटो विधामा सर्वोत्कृष्ट ठहरियो ।

४.

ब्रिटिश फोटोग्राफर टिम कोर्नबिलले बर्लिनमा खिचेको यो फोटो सर्वोत्कृष्ट आर्किटेक्चर फोटोको विधामा उत्कृष्ट ठहरियो । तस्वीरमा कंक्रिटको एउटा मनै लोभ्याउने बिल्डिङ देखिन्छ ।

५.

गत वर्ष न्यूयोर्क शहरको ह्यालोविन परेडका क्रममा खिचिएको मुकुन्डो लगाएका एक व्यक्तिको फोटो सर्वोत्कृष्ट सडक फोटोमा उत्कृष्ट ठहरियो । ग्रीक फोटोग्राफर कोन्स्टान्टीनोस सोफीकिटीसले यो फोटो खिचेका हुन् ।

६.

यो वर्षको सर्वोत्कृष्ट नेचर फोटोमा दरिएको यो फोटो जापानी फोटोग्राफर हिरोशी तानिताले खिचेका हुन् । उनले यो तस्वीरका विषयमा भनेका छन्, ‘निलो र सेता, वरफ र हिउँबीचको सीमारेखा, जुन एउटा पोखरीमा देखिएको छ ।’

७.

चीनको वुहान सिटीस्थित एउटा चोकमा ‘ताइजिक्वान’ मा भाग लिइरहेका १ हजार ३ सय व्यक्तिहरुको यो फोटो सर्वोत्कृष्ट सांस्कृतिक फोटो विधामा उत्कृष्ट ठहरियो ।

८.

ओपन कम्पिटिसन विधामा उत्कृष्ट ठहरिएको लिस जोनान्सोनको फोटो ‘३ हियर्थ’ । यसमा टेक्निकल म्यानिपुलेसन गरिएको छ । ३ हियर्थ एउटा श्रृंखलाको अंश हो, जसले घरको अवधारणालाई चित्रित गर्छ ।

९.

अलेक्सान्डेर भिनोग्राडोभको यो फोटो सर्वोत्कृष्ट पोट्रेट फोटोमा सर्वोत्कृष्ट ठहरिएको छ । यो तस्वीर ‘लिओनः द प्रोफेसनल’ नताली पोर्टम्यानको क्यारेक्टर माथिल्दाबाट प्रभावित छ ।

१०.

‘समुद्रबाट यात्रा गर्न पैसा हुनैपर्छ भन्ने छैन, मात्र तपाईंको कल्पनाशीलता प्रयोग गर्नुस, तपाईंलाई फेबि्रक र कागज मात्र चाहिन्छ,’ भन्छन् सेर्गी डिब्त्सेभ जसले प्रतिस्पर्धामा स्टिल लाइफ विधामा सर्वोत्कृष्ट पुरस्कार जिते ।

११.

ओपन कम्पिटिसनको सहायक विधा ‘द नेसनल अवार्ड्स’ मा नेपालको एउटा तस्वीर तेस्रो भएको छ । यसमा ६६ देशका फोटोग्राफरले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा पहिलोपटक नेपालको सहभागिता भएको हो । अजय महर्जनको ‘द बिलिभर्स’ शीर्षकको फोटोमा कृष्ण जन्माष्टमीका अवसरमा बालकहरुले भक्तपुरको कृष्ण मन्दिरमा आराधना गरिरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment