Comments Add Comment

स्कुलमा पोर्न हेरिरहेकी थिइन् ९ वर्षकी बच्ची, कारण यस्तो रहेछ

अमेरिकाको टेक्सासस्थित एक प्राथमिक विद्यालयमा पढ्ने ९ वर्षकी बालिकाले आफ्नो आइप्याडमा पोर्न फिल्म सर्च गरेर हेरेको कुरा शिक्षकले फेला पारे । यति सानो उमेरमा बालिकाले पोर्न हेरेको देख्दा शिक्षक आश्चर्यचकित भए । उनले पोर्न फिल्म हेर्नुको कारणबारे बालिकालाई सोधे । जब ती बालिकाले आफुले पोर्न फिल्म किन हेरेको ? भन्ने कुराको जवाफ दिइन् तब त्यो जवाफ सुनेर सबै हैरान मात्र भएनन् उनीमाथि भएको एउटा गम्भीर अपराधको पोल पनि खुल्यो ।

उक्त स्कुलमा विद्यार्थीहरुलाई स्कुलले नै आइप्याड प्रदान गरेको थियो । विद्यार्थीहरुले दिनभर आइप्याड चलाउन पाउँथे । ती मध्ये एकजना ९ वर्षकी बालिकाले चलाएको आइप्याडको इन्टरनेट सर्च हिस्ट्री जब शिक्षकले हेरे तब शक्ड भए । वास्तवमा ती बालिकाले इन्टरनेटमा पोर्न मूभि सर्च गरेकी रहेछिन् ।

त्यसपछि शिक्षकले उनलाई बोलाएर यस्तो कुरा किन खोजेर हेरेको भनेर सोधे । ती बालिकाका अनुसार उनको एकजना आफन्तले उनीमाथि गरिरहेको क्रियाकलाप आखिर के रहेछ भन्ने कुरा थाहा पाउनका लागि उनले इन्टरनेटमा त्यस्तो कुरा खोजेर हेरेकी रहेछिन् ।

वास्तवमा ती बालिकाको घरमा बस्ने ३१ वर्षका एन्थोनी गेरे नामका एकजना आफन्तले ती बालिकालाई पछिल्लो २ वर्षदेखि निरन्तर यौनहिंसा गरिरहेको रहेछ ।

एन्थोनीले आफु र आफ्नी बहिनीलाई पनि त्यस्तो काम गर्दै आएको ती बालिकाले बताइन् । आखिर त्यस्तो काम के रहेछ र किन गरिँदो रहेछ भन्ने कुरा थाहा पाउन आफुले इन्टरनेटमा पोर्न मूभि खोजेर हेरेको उनले नढाँकीकन भनिन् ।

बलिकाले यी सबै कुरा कुरा बताएपछि स्कुलले पुलिसलाई खबर गर्यो । पुलिसले तत्कालै एन्थोनीलाई पक्राउ गर्यो । अहिले उनी पुलिस हिरासतमा छन् र उनीमाथि यौनहिंसाको मुद्दा चलाइएको छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment