Comments Add Comment

लाइदेउ न मायाले भन्दै नाचे प्रमोद र प्रियंका

काठमाडौं । लोकपि्रय गायक प्रमोद खरेल नयाँ डान्सिङ गीत लिएर आएका छन् । हरेक शैलीका गीतमा उत्तिकै सुरिलो सुनिने गायक खरेलले यसपटक राजनराज शिवाकोटीको संगीतमा ‘लाइदेउ न मायाले’ बोलको गीतगाएका छन् ।

डिपी खनालको रचना रहेको उक्तगीतको भिडियो निकै भब्य बनेको गायक खरेलले बताए । आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा प्रियंकाकार्कीले मोडलिङ गरेकी छिन् ।

यसअघि झुम्कावाली तथा चल बतास चल जस्ता डान्सिङ नम्बरबाट स्रोताको उत्साहजनक साथ पाएका गायक खरेल’लाइदेउ नमायाले’ गीतको म्युजिक भिडियोवाट पनिआशावादी छिन् ।

झुम्कावाली…गीतमा पनि गायक खरेललाई पि्रयंकाले साथ दिएकी थिइन् । भिडियोमा अभिनेत्री पि्रयंकाकार्की निकै हट देखिएकी छिन् । भिडियोमा गायक खरेल तथा अभिनेत्री कार्कीले रोमान्टिक शैलीमा अभिनयतथा नृत्य गरेका छन् ।

त्यसो त नायिका कार्कीले प्रमोद खरेलको म्युजिक भिडियोमा काम गर्दा आफु उत्साहितहुने धारणा राखिन् ।

अर्जुन तिवारीद्वारा छायांकन गरिएको यो नृत्यपरक भिडियोमा गायक खरेलले नृत्य त गरेका छन् नै, साथसाथै उनी डिजेको भूमिकामा समेत देखिएका छन् । सञ्चारकर्मी सुव्रतआचार्यले ‘लाइदेउ न मायाले’ गीतको म्युजिक भिडियो निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment