Comments Add Comment

तपाईले सेवन गर्ने खरबुजा कतै बिषाक्त त छैन ? 

गर्मीमा निकै रुचाइने फल हो, खरबुजा । खरबुजा गर्मीको मौसमी फल हो । यसले शरीरमा पानीको मात्रा सन्तुलित राख्न मात्र होइन, अरु थुप्रै फाइदा गर्छ । कतिपय दीर्घ रोगमा समेत यसको सेवन लाभदायक मानिन्छ ।

तर, स्वास्थ्यका लागि खाइने फलले कतै त्यही स्वास्थ्यलाई नोक्सान त पुर्‍याइरहेको छैन ? सतर्क हुनैपर्छ । किनभने बजारमा पाइने खरबुजामा हानिकारक रसायन मिसाइएको हुनसक्छ । खासगरी छिटै पकाएर बिक्री गर्ने चक्करमा खरबुजामा विषाक्त रसायन राखिने गर्छ । हेर्दा रातो एवं रहरलाग्दो देखिने खरबुजामा यस्तो रसायन मिसिएको हुनसक्छ ।

के गरिन्छ ?

–    खरबुजा पकाउनका लागि अक्सीटोसिन इन्जेक्सन प्रयोग गरिन्छ ।

–    अक्सिटोसिनले पकाइएको फल सेवन गर्दा हर्मोनसँग सम्बन्धित रोग लाग्न सक्छ । यसको असर धेरैजसो महिलामा बढी हुन्छ ।

–    खरबुजामा सिन्थेटिक रंग पनि प्रयोग गरिन्छ । सैकरिनले खरबुजालाई मिठो बनाउँछ । तर, यो शरीरको लागि हानिकारक हुन्छ ।

कसरी चिन्ने ?

–    खरबुजा खरिद गर्नुअघि यसलाई काट्नुहोस् । यदि बोक्राको तल्लो भाग हरियो र हल्का सेतो छ भने त्यो प्राकृतिक तरिकाले पाकेको हुन्छ ।

–    यदि खरबुजा काटेर हेर्दा त्यसको बोक्राको मुनी धेरै रातो देखियो भने त्यसमा सिन्थेटिक रंग मिसाइएको हुनसक्छ ।

–    खरिद गर्नुअघि यो पनि हेरौं कि, खरबुजाको आकार सबैतिर एकैनास होस् । कतै काटिएको वा प्वाल परेको छ भने त्यस्तो खरिद गर्नु हुन्न ।

यसरी सेवन गरौं

–    खरबुजा खानुअघि १० मिनेट वा १५ मिनेटसम्म पानीमा डुबाएर राखौं । यसले गर्दा खरबुजाको माथिल्लो सतहमा लागेको रसायन पखालिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment