Comments Add Comment

६४ दलको प्रदर्शनमा बाबुराम र सीपी गजुरेल लामवद्ध

निर्वाचन आयोग घेर्न जानेहरुलाई प्रहरीले रोक्यो

 


२० चैत, काठमाडौं । नयाँशक्ति पार्टीलगायत ६४ दलको आयोजनामा आइतबार बिहान निर्वाचन आयोग घेराउ कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा माओवादीका दुई पूर्वनेताहरु डा. बाबुराम भट्टराई र सीपी गजुरेल सडकमा लामवद्ध देखिएका छन् ।

निर्वाचन आयोगले चुनाव चिन्ह नदिएको विरोधमा यी दलहरुले निर्वाचन आयोग घेराउ कार्यक्रममा आयोजना गरेका हुन् । यी दलहरुमध्ये केही थ्रेसहोल्डको समेत विपक्षमा छन् ।

यसैसाता सम्पन्न नयाँ शक्तिपार्टीको बैठकले एउटौ निर्वाचन चिन्हमा पार्टीलाई चुनाव लड्न नदिए निर्वाचन पनि हुन नदिने निर्णय गरेको थियो ।

नयाँशक्तिको सो निर्णय लगत्तै ६४ दलका तर्फबाट प्रदर्शनको आयोजना गरिएको हो । ६४ दलले सोमबार पनि यसैगरी आयोगको कार्यालय घेर्ने जनाएका छन् ।


बाबुराम भट्टराई, सीपी गजुरेल र साध्यबहादुर भण्डारी लगायतको नेतृत्वमा आइतबार बिहान निर्वाचन आयोग घेर्न गएका प्रदर्शनकारीलाई प्रहरीले जमल छेउको सडकमा रोकेको छ ।

दुईसाता अघि यसैगरी निर्वाचन आयोग घेराउ गर्न गएका राप्रपा कार्यकर्तालाई प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको थियो ।

साना दलहरुको सडक प्रदर्शनका कारण कान्तिपथ एवं जमल क्षेत्रको सवारी आवागमनमा असर परेको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment