+
+

विपन्नको उपचारमा परोपकारी मनः मृत्यु कुरेका विपन्नलाई ६७ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २० गते ९:४८

२० चैत, म्याग्दी । आर्थिक सहायता तथा औषधि उपचार खर्चका नाममा सरकारले राज्यको ढुकुटी दुरुपयोग गरेको गुनासो बढ्दै गइरहेका वेला म्याग्दीमा स्थापना भएको एक परोपकारी संस्थाले उदाहरणीय काम गरेको छ । रकम अभावमा उपचार गर्न नसकेर मृत्यु पर्खेकाहरुलाई आर्थिक सहयोग गरेर ओमकुमारी शान्ति कोषले अनुकरणीय काम गरेको हो ।

कोषले विपन्नको उपचारका लागि हालसम्म ६७ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको जनाएको छ ।

बोनम्यारो रोगका कारण उपचारका क्रममा दिवङ्गत भएकी बेनपा–४ की ओमकुमारी पुन (शान्ति)को सम्झनामा ०७१ मंसिरमा स्थापित कोषले हालसम्म ३२ जनालाई सहयोग गरेको हो ।

मुटु, मिर्गौला, रक्तक्यान्सर, हेपाइटाइटिस बि, मालिग्रन्ट क्यान्सरलगायत जटिल रोगबाट थलिएका विपन्नको उपचारका रु। ७८ लाख ३९ लाख ४४९ जुटाइएकोमा रु ६७ लाख ८४ लाख ३३० उपलब्ध गराइएको कोषका सचिव लोकेश पुनमगरले जानकारी दिए ।

‘उपचार सम्भव भएको चिकित्सकले सिफारिस गरेका र आर्थिक अवस्था कमजोर भएका म्याग्दीवासीका लागि सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट सहयोगको अपिल गर्छौं’ सचिव पुनले भने, ‘देश विदेशमा रहेका म्याग्देलीको अगुवाइमा सङ्कलन हुने रकम सम्बन्धित अस्पतालले उपलब्ध गराउने बिलको आधारमा भुक्तानी गरिन्छ ।’

प्रत्येक बिरामीको सहयोग सङ्कलन अभियानका लागि छुट्टाछुट्टै बैंक खाता खोलिने, दाताबाट प्राप्त हुने सहयोग र खर्च विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ । कोषले अभियान सञ्चालन गरेका सातजना जटिल किसिमका रोगका बिरामीको उपचार सफल भएको छ । थप २१ जनाले कोषबाट सहयोग पाएका छन् भने कोषले अभियान सञ्चालन गरेका चार जनाको उपचारका क्रममा निधन भएको छ ।

बेनपा–४ थामडाँडाका तेजेन्द्र गुरुङ र मङ्गला गाउँपालिका–१ कुहुँका डकबहादुर रोकाको मिर्गौला प्रत्यारोपणका लागि २९ लाख ४३ हजार १ सय ३ र १७ लाख ६५ हजार ३ सय ७६ सहयोग जुटेको थियो । बेनपा–१० पात्लेखेतकी पार्वती दर्जी, बेनपा–१ का नवीन थापा, अरुनीमा नेपाली, बेनपा–२ की सन्तु पोखरेल, अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीकी सावित्रा थापालाई मुटुरोगको शल्यक्रियाका लागि कोषले सहयोग जुटाएको थियो ।

आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि म्याग्देलीले ज्यान गुमाउन नपरोस् भन्ने स्थापित कोषमा रु। एक करोड ५० लाख पु¥याउने र त्यसको ब्याजबाट सहयोग गर्ने लक्ष्य रहेको अध्यक्ष राजेश शाक्यले बताए ।

हालसम्म १८ जना व्यक्तिले रु दुई लाख सहयोग गरेर कोषको संरक्षक र ४१३ जनाले रु पाँच हजार सहयोग गरेर आजीवन सदस्यता लिएका छन् । रासस

सरकारी उपचार कोष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?