Comments Add Comment

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेशन सुरु

बाल्टिमोर । प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेशन मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सुरु भएको छ । मार्च ३१ शुक्रबारदेखि सुरु भएको अधिवेशन अप्रिल २ आइतबारसम्म चल्नेछ ।

अधिवेशन सुरु हुनुअघि रक्तदान कार्यक्रम गरिएको थियो । ३ वर्षपछि भएको मञ्चको दोश्रो अधिवेशनका लागि अमेरिकाका बिभिन्न राज्यहरुबाट प्रतिनिधिहरुको सहभागिता छ ।

प्रमुख अतिथि तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र एमाले संगठन विभाग पृथ्वी सुब्बा गुरुङले सम्मेलनको उदघाटन गरे ।

कार्यक्रममा बिशेष अतिथिमा पूर्व सामान्य प्रशासन मन्त्री युवराज कार्की तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीको उपस्थिति रहको छ ।

अधिवेसनको सांस्कृतिक कार्यक्रमको लागि चर्चित हास्य कलाकार सागर लम्साल (बले सोल्टी), हरिप्रसाद निरौला (कक्रोज ) तथा लोक गायक भगवान भण्डारीसमेत नेपालबाट आएका छन् ।

३ दिनसम्म चल्ने कार्यक्रम भए पनि मार्च ३१ तारिख साँझ ५ बजेदेखि प्रतिनिधिहरुको दर्ता तथा साँझ सांस्कृतिक कार्यक्रम थियो ।

अधिवेशनको तेस्रो तथा अन्तिम दिन आज नयाँ कार्यसमितिको निर्वाचन हुने कार्यतालिका छ । अधिवेशन आजै सम्पनन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment