Comments Add Comment

नवौ इन्डियन आइडलको उपाधी रेवन्तलाई


विशाखापत्तनमा जन्मिएका एलवी रेवन्त नवौ इण्डियन आइडल भएका छन् । सोही कार्यक्रममा खुदा बख्स फष्ट रनरअप र पीवीएनएस रोहित सेकेण्ड रनरअप भए ।

रेवन्तले सफल चलचित्र ‘बाहुवली’का लागि समेत गीत गाइसकेका थिए । उनको स्वर, उनको सुन्दरता र स्टाइलका कारण पनि उनलाई भोट धेरै आएको थियो ।
अपि्रल २ मा इण्डियन आइडलको नवौ श्रृङ्खलाको फाइनल सोनी टेलिभिजिनबाट प्रशारण गरिएको थियो । तीन प्रतियोगीका विचमा अन्तिम प्रतिस्पर्धा गराइएको थियो । इण्डियन आइडलको ट्रफीको अतिरिक्त रेवन्तले २५ लाख रुपैंया नगद पाए । त्यस्तै महिन्द्रा केयुवी कार र सोनी इन्टरटेनमेन्टसँग गीतका लागि सम्झौता गरे ।

खुदा बख्स पञ्जाबवाट आएका हुन् भने रेवन्त र रोहित आन्ध्र प्रदेशका स्थानीयवासी हुन् । तीनै प्रतियोगीको गायनमा विविधता थियो । निणर्ायकले उत्तिकै मन पराएका थिए । कार्यक्रममा प्रमुख अतिथी बनेर क्रिकेटर सचिन तेन्दुलकर शोमा पुगेका थिए । यस्तै कमेडियन कपिल शर्मासँग झगडा गरेपछि थप चर्चामा आएका सुनील ग्रोवरले दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment