
२२ चैत, काठमाडौं । माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ । सोमबार बुद्ध एयरका पाइलटले जहाज उडाउने क्रममा विमानस्थलमा चितुवा पसेको देखिएको खबर गरेपछि हंगामा सुरु भयो ।
करिब १५ मिनट (बिहान ८ बजेदेखि सवा ८ बजेसम्म) धावनमार्ग नै बन्द गरी चिनुवा खोज्नुपरेपछि यात्रुले सास्ती त व्यहोर्नुपर्यो नै व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्यो । आकस्मिक उद्धारका लागि अग्निनियन्त्रक, सेना, प्रहरीलगायत टोली तयारी हालतमा पुग्यो भने चितुवा समाउन जिल्ला वन कार्यालयको प्राविधिक टोलीसमेत पुग्यो ।
तर, विमानस्थलमा चितुवा खोज्दा स्याल भेटिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
यो पनि पढ्नुस्
त्रिभुवन विमानस्थलभित्र चितुवा छिर्यो, आधा घण्टा रन-वे बन्द
त्रिभुवन विमानस्थलमा पसेको चितुवा अझै भेटिएन
प्रतिक्रिया 4