+
+
Shares

प्रियंका विश्वकै दोस्री सुन्दर महिला

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २२ गते ११:२३


बलिउड नायिका प्रियंका चोपडा विश्वका सुन्दरी महिलाको सूचीको दोस्री स्थानमा परेकी छिन् । हलिउड नायिका एन्जेलिना जोली, एमा वाटसन, एम्मा स्टोनलगायतलाई पछि पार्दै प्रियंका दोस्रो स्थान सुरक्षित गर्न सफल भएकी हुन् ।

‘बजनेट वेवसाइट’ले गरेको सर्वेक्षणमा प्रियंका विश्वको दोस्री राम्री महिला बन्न सफल भएकी हुन् । यो सर्वेक्षणमा विश्वकी सुन्दरी महिलाको सूचीमा पहिलो स्थानमा गायिका बियोन्स परेकी छिन् । प्रियंकाले ट्वीटरमा लेखेकी छिन् ‘धन्यवाद बजनेट र मलाई भोट दिने सबैलाई । बियोन्स मेरो हेराइमा पनि नम्बर वान हुन् ।’

यो सूचीको तेस्रो नम्बरमा मोडल टेलर हिल परेकी छिन् भने वाट्सन चौथो स्थान र डकोटा जोन्सन पाँचौ स्थानमा पर्न सफल भएका छन् । यस वर्षकी ओस्कार अवार्ड बिजेता नायिका एमा स्टोन १२ औं स्थानमा परेकी छिन् ।

पछिल्लो समय पि्रयंका अमेरिकामै टीभी सिरिज ‘क्वान्टिको’ को दोस्रो श्रृङ्खलामा काम गर्दैछिन् । उनले अभिनय गरेको हलिउड चलचित्र ‘बेवाच’ प्रदर्शन हुन बाँकी नै छ । ‘बेेवाच’मा पि्रयंकाले खलपात्रको भूमिका निर्वाह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?