Comments Add Comment

सुर्खेतमा सुविधा सम्पन्न शुभ होटल सञ्चालनमा


२३ चैत, सुर्खेत । मध्यपश्चिमको राजधानी सुर्खेतमा सुविधा सम्पन्न शुभ होटल सञ्चालनमा आएको छ । २७ करोड लगानी गरेर सञ्चालनमा आएको शुभ होटल औपचारीक रुपमा सञ्चालन भएको हो ।

उनले भने,’मध्यपश्चिमा आउने पर्यटकहरु सुविधासम्पन्न होटल नहुँदा दुःख पाउने गुनासो अब नहुने होटल संचालक एव क्षेत्रिय उद्योग बाणिज्य संघका अध्यक्ष पदम शाले बताए ।

शुभम होटलमा ६० डिलक्स रुम, १३ स्वीट रुम, रेष्टुरेन्ट, बार, सेमिनार हल र बैठक हल, १०० वटासम्म गाडी पार्किङ, विवाह मण्डप, पार्लर, लिफ्ट तथा स्वीमिङ पुल लगायतका सुविधा रहको संचालक पदम शाहीले बताए ।

सुुर्खेत सदरमुकाम नजिकै यती ठूलो पार्किङ क्षमता भएका होटलहरु नहुँदा विवाह, पार्टी तथा सेमीनार गर्दा हुने समस्या हुने समस्या हटेको उनले बताए ।

पर्यटकीय सम्भावाना भएर पनि लगानीको सुरक्षा अनुभुत नगरेका सुर्खेतका ब्यबसायीहरु विस्तारै होटलको लगानीतर्फ आकषिर्त भएका छन् ।


सुर्खेत भएर भेरी तथा कर्णालीका पर्यटकीय क्षेत्रतर्फ पर्यटकको आगमन बढ्न थालेपछि होटलमा लगानी गरिएको होटलका सञ्चालक एव उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य टेकबहादुर भण्डारीले बताए ।

स्थलमार्ग हुँदै  कर्णाली जाने यात्रुहरुको सख्या दिनदिन बढ्नु र सुर्खेत-काठमाडौं सिधा हवाई सेवा सञ्चालन हुनुले होटल सञ्चालन गर्न उत्साही भएको संचालक भण्डारीले बताए ।

६ नम्बर प्रदेशको सम्भावित राजधानी, कर्णाली अञ्चलको प्रवेशमार्ग तथा मध्यपश्चिमका अधिकाश क्षेत्रीय कार्यालहरु सुर्खेतमा भएका कारण पनि होटल ब्यबसायतर्फ आकषिर्त भएको शाहीको भनाइ छ ।


क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही, सुर्खेत उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रकाश उपे्रति र उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य टेकबहादुर भण्डारीको संयुक्त लगानीमा शुभ होटल संचालनमा आएको हो ।

आफुहरुले सञ्चालन ल्याएको होटल पूर्णरुमा भूकम्प प्रतिरोधी र अपांगमैत्री रहेको उनीहहरुका दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment