Comments Add Comment

यस्तो लक्षण देखिए टाइफाइड हुनसक्छः के छ घरेलु उपचार ?

टाइफाइड एक संक्रामाक रोग हो, जो कलेजोको कमजोरीले निम्त्याउँछ । टाइफाइडको कारण शरीरमा ज्वरो आउँछ र शरीरको सबै हिस्सामा पीडा हुन थाल्छ । यो ज्यान लिने रोग हो, यदि समयमै उपचार गर्न सकिएन भने ।

कस्तो हुन्छ लक्षण ?

–     पेट तथा टाउको दुख्नु

–     अचानक ज्वरो आउनु, बान्ता हुनु

–     अत्याधिक पसिना आउनु र टाउको चिसो महसुष हुनु

–     कब्जियत हुनु र कमजोरी महसुष हुनु

किन हुन्छ टाइफाइड

टाइफाइड शरीरमा संक्रमणको कारण हुन्छ । यसर बिस्तारै कलेजोमा नोक्सान पुर्‍याउँछ र पुरै शरीरलाई असर गर्छ ।

–     पहिलो कारण फोहोर एवं दुषित पानीको सेवन तथा नुहाउनु

–     दुषित पानीले खाना बनाउनु ।

–     दुषित पानीले फल एवं सब्जी धुनु

–     साथै टाइफाइटग्रस्त व्यक्तिसँगको संगतले अर्को व्यक्तिमा यो रोग सर्छ ।

के छ घरेलु उपचार ?

सकेसम्म त रोग लाग्न नदिन सतर्कता अपनाउनु पर्छ । फाहोर एवं दुषित पानी पिउनु हुँदैन । त्यस्तो पानी प्रयोग गरेको फलफूल, सब्जी सेवन गर्नु हुँदैन । गर्मी याममा बाहिर पाइने खानेकुरा पनि सेवन गर्नु राम्रो हुदैन ।

तुलसी र मरिच प्रयोग

टाइफाइडका रोगीलाई तुलसी एकदमै फाइदाजनक हुन्छ । मरिचको पाँच दाना र चार पत्ता तुलसीलाई पिसेर पेस्ट तयार गर्ने । यस पेस्टलाई पानीसँग मिलाएर पिउनुपर्छ ।

गाजर

टाइफाइडको रोगमा गाजरको रस सेवन गर्नु लाभदायक हुन्छ । साथै काचो गाजर सेवन गर्दा पनि फाइदा हुन्छ ।

लसुन

टाइफाइडले कलेजोमा नराम्ररी संक्रमण गर्छ । यस्तो अवस्थामा लसुनको दुई, चार पोटी भुटेर खाली पेटमा खान दिनु पर्छ ।

अदुवा एवं स्याउ

स्याउ र अदुवाको जुस पनि टाइफाइड रोगीले सेवन गर्दा राम्रो हुन्छ ।

महको प्रयोग

टाइफाइटबाट बच्ने निकै राम्रो औषधी हो, मह । एक कप तातो पानीमा दुई चम्चा जति मह मिसाएर पिउनुपर्छ ।

पुदिना

पुदिनाले ज्वरो ठिक गछए । टाइफाइडको कारण कसैलाई उच्च ज्वरो आयो भने एक कप पानीमा पुदिना र अदुवाको रस मिसाएर पिउन दिनुपर्छ ।

सावधानी

१. सधै स्वच्छ पानी पिउनुपर्छ । पानीलाई राम्ररी उमालेर चिसो भएपछि पिउने ।

२. खाना खानुअघि राम्ररी हात धुने ।

३. जतिसक्दो, ताजा र पौष्टिक आहारा लिने । भुटेको, तारेको खानेकुरा नखाने । मासु नखाने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment