Comments Add Comment

मिथुनकी हट छोरी सेल्फीकी सौखिन

मुम्बई । ‘डिस्को डान्सर’ भनेर चिनिने बलिउड अभिनेता मिथुन चक्रवर्तीकी छोरी दिशानी चक्रवर्ती सेल्फीकी सौखिन छिन् ।

उनलाई धेरैले स्टाइलिस भनेर टिप्पणी गर्छन् । प्रायः समर डे्रस रुचाउने दिशानीको सेल्फी अवतार सामाजिक सञ्चालमा छाइरहन्छन् ।

फेशनको सेन्स निकै रहेको र नयाँ-नयाँ ट्रेन्ड पछ्याइरहने उनी इन्स्टाग्राममा आफ्नो तस्बिर पोस्ट गरिरहेकी हुन्छिन् । इन्टाग्राममा दिशानीका ३२ हजार फलोअर छन् । उनले आफ्नो बाबा मिथुनका साथै सलमान खानसँग खिचेको केही तस्बिर पनि इन्टाग्राममा राखेकी छिन् ।

अहिले उनी अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीमा अभिनय पढिरहेकी छिन् । उनी चाँडै बलिउडमा प्रवेश गर्ने केही भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment