Comments Add Comment

ब्राजिल ७ वर्षपछि बन्यो विश्व नम्बर एक, उरुग्वे टप १० बाट आउट

२४ चैत, काठमाडौं । ब्राजिल झण्डै ७ वर्षपछि विश्व वरियताको पहिलो नम्बरमा उक्लिएको छ । विश्वकप छनोटमा लगातार जित निकालेको ब्राजिल अर्जेन्टिनालाई पछि पार्दै पहिलो नम्बरमा उक्लिएको हो ।

अर्जेन्टिना दोस्रो स्थानमा झरेको छ । जर्मनी तेस्रो र चिली चौथो स्थानमा कायमै छन् भने कोलम्बिया दुई स्थान माथि उक्लिएको छ । फ्रान्स छैटौं स्थानमा रहँदा बेल्जियम दुई स्थान तल झरेर सातौं स्थामा आइपुगेको छ ।

पोर्चुगल आठौं स्थानमा छ । स्विट्जरल्याण्ड दुई स्थानमाथि उक्लिएर टप १० मा परेको छ । दशौं स्थानमा स्पेन छ । उरुग्वे टप टेनबाट बाहिरिएको छ र ६ स्थान तल झर्दै विश्व वरियताको १५ औं नम्बरमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment