+
+

संसदको चालु अधिवेशन चाँडै टुङ्गिन्छ : सभामुख

रासस रासस
२०७३ चैत २४ गते १५:४९

२४ चैत, काठमाडौँ । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्को चालु अधिवेशनलाई चाँडै टुङ्ग्याउने बताएकी छन् ।

बङ्गलादेशको ढाकामा सम्पन्न अन्तर व्यवस्थापिका संघको १३६ औँ सम्मेलनमा भाग लिई फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिक सहमतिका लागि मात्र सदनले कुरेको बताएकी हुन्।

स्थानीय निर्वाचनका लागि राजनीतिक दलबीच सहमति गरेर अगाडि बढ्नुपर्ने आवश्यता भएको र संविधान संशोधनको महत्वपूर्ण मुद्दा सदनमै रहेकाले पनि चालु अधिवेशन जारी राख्नुपरेको उनकाे भनाइ छ ।

आफूले सबै राजनीतिक दलबीच सहमति होस् भन्ने चाहेको उल्लेख गर्दै सभामुख घर्तीले मधेस केन्द्रित राजनीतिक दलले उठाएका विषयलाई सम्बोधन गर्न सबै दलबीच सहमति हुने विश्वास व्यक्त गरिन ।

राजनीतिक दलबीच हुने वार्ता र छलफलले नै सहमतिको वातावरण बनाउने उल्लेख गर्दै उनले भनिन,’राजनीतिक दलले सहमति गरेर अगाडि बढ्नुपर्छ तर त्यसको विकल्प खोज्नु हुँदैन ।’

यही फागनु १९ देखि २३ गतेसम्म ढाकामा अन्तर व्यवस्थापिका सङ्घको सम्मेलन भएको थियो । सभामुख घर्तीले नेपालको सहभागिता उल्लेखनीय भएको जानकारी दिइन । सम्मेलनमा १२२ देशको सहभागिता थियो ।

बङ्गलादेश भ्रमणका क्रममा सभामुख नेतृत्व सभासद्को टोलीले चटगाउँ बन्दरगाहमा अवलोकनसमेत गरेको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?