Comments Add Comment

छुल्ठिमको प्रेममा रेखाले कसरि खेलिन् भिलेन ?


नायिका छुल्ठिम गुरुङ दर्शकले उनलाई चलचित्र ‘नोभेम्बर रेन’मा दिएको मायालाई फेरि चलचित्र ‘डायरी’बाट फर्काउन चाहन्छिन् । केहि बर्षको होमवर्कपछि छुल्ठिम यो चलचित्रको निर्माणसँगै अभिनयमा आएकी हुन् । उनलाई चलचित्र निर्माणमा अनिल योञ्जनले पनि साथ दिएका छन् । अनिल चलचित्रका निर्देशक पनि हुन् । चलचित्रलाई छेतन गुरुङले लेखेका हुन् ।

काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा चलचित्रकी नायिका तथा निर्मात्री छुल्ठिम, निर्देशक अनिल योञ्जनका साथमा नव-नायक सन्नी सिंह उपस्थित थिए । नायिका रेखा थापा भने विशेष कारण उपस्थित हुन सकिनन् । जेठ ५ गतेबाट चल्ने चलचित्रको ट्रेलरमा एक्सन, बदला र प्रेमको कथा छ ।

नायिका रेखा थापा चलचित्रमा खलपात्रको भूमिकामा देखिएकी छिन् । रेखाको भिलेन अवतारलाई दर्शकले मन पराउने विश्वास निर्माणपक्षको छ । कार्यक्रममा नायिका पूजा शर्मा पनि निर्मात्री तथा नायिका छुल्ठिमलाई शुभकामना दिन पुगेकी थिइन् । विभिन्न संघसंस्थाका अध्यक्षहरुले चलचित्र सफलताको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment