Comments Add Comment

ऐश्वर्या जस्तै देखिने स्नेहा सलमानको सम्पर्कमा छिन्

मुम्बई । ऐश्वर्या रायको मेख मार्न सलमान खानले एक समय उनी जस्तै देखिने स्नेहा उल्लाललाई फिल्ममा डेब्यु गराएका थिए । उनै स्नेहाले आफू अहिले पनि सलमानको सम्पर्कमा रहेको बताएकी छिन् ।

ऐश्वर्यासँग झगडा परेपछि सलमानले उनको सेखी झार्न भन्दै ऐश्वर्या जस्तै अनुहार भएकी स्नेहालाई ‘लकि: नो टाइम फर लभ’ फिल्ममा अभिनय गराएका थिए ।

सो फिल्मका लागि उनी एक हजार युवतीमध्येबाट अडिसन मार्फत छानिएकी थिइन् । त्यसपछि उनले ‘आर्यन’, ‘जाने भी दो यारो’, ‘काश मेरे होते’ र ‘क्लिक’ मा अभिनय गरिन् ।

त्यसपछि बलिउड फिल्मबाट बाहिरिएकी स्नेहा १२ वर्षपछि मुम्बईमा भेटिइन् । मुम्बईमा आयोजित अमेरिकी कमेडी ड्रामा फिल्म ‘अ ड्रग्स परपस’ को विशेष स्क्रिनिङ कार्यक्रममा भेटिएकी उनले अहिले पनि आफू सलमानकै सम्पर्कमा रहेको बताइन् ।

आफ्नो आमालाई क्यान्सर भएको बेलामा पनि सलमानले घरमै गएर आफूलाई आडभरोसा दिएको स्नेहाको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment