+
+

विनोद खन्नाको बारेमा १० रोचक कुरा

बलिउड सुपरस्टार किन रजनिशको माली बने ?

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २७ गते ११:१४

 

आफ्नो जमानाका ड्यासिङ अभिनेता विनोद खन्ना रोगले थलिएका छन् । कुनै बेला अमिताभ बच्चनलाई टक्कर दिने यिनी ब्लड क्यान्सरले गल्दै गएका छन् । हालै मात्र उनको ख्याउटे र थकित रुप इन्टरनेटमा भाइरल भयो ।

शाहरुख खान स्टारर ‘दिलवाले’मा देखिएपछि उनी एकाएक सिल्भर स्त्रिmनबाट ओझेल भएका थिए । दिलवालेमा त उनी ठीकठाक देखिएका थिए । तर, एक बर्षको अन्तरमा उनी यति कमजोर र निरिह देखिए कि, कसैले कल्पना गरेका थिएन ।

दिलवालेपछि उनको बारेमा खासै सोधीखोजी भएन । तर, एक्कसी क्यान्सरले थलिएको अवस्थामा थकित खन्नाको तस्विरले सबैलाई स्तब्ध बनायो । विनोद खन्नाको जन्म ६ अक्टोबर १९४६ मा भएको हो, सामन्य परिवारमा ।

विनोद खन्नाको बारेमा १० रोचक कुरा

१. सामन्य परिवारमा जन्मिएपनि बलिउड अभिनेता बन्ने र ओशो प्रभावित भएर आफ्नो दाम्पत्य जीवन टुटाएको कारण विनोद चर्चामा रहे ।

२. भारत-पाकिस्तान विभाजनपछि उनको परिवार मुम्बई आएका थिए । उनको पिता टेक्सटाइलको व्यवसायी थिए ।

३. उनी इन्जिनियर बन्न चाहन्थे, विज्ञान विषय लिएर पढ्दै थिए । तर, पिता चाहि उनले कर्मस पढेर पारिवारिक व्यवसायमा काँध थापेको हेर्न चाहन्थे । तर, शिक्षकले एकदिन उनलाई जबरजस्ती नाटक खेल्न लगाए । त्यहीबाट उनमा अभिनयप्रति रुची जाग्यो ।

४. विनोदको पिता चाहदैनथे, छोरा हिरो भएको हेर्न । तर विनोदको जिद्दीको अगाडि उनको केहि लागेन, पिताले विनोदलाई दुई बर्षको समय दिए । त्यही अवधीमा विनोदले मिहेनत गरेर फिल्म उद्योगमा आफ्नो पाइला राखे ।

५. कलेज पढ्ने क्रममा विनोद थिएटरमा पनि काम गर्थे । त्यही बेला उनको गिताञ्जलीसँग भेट भयो । उनीहरुको सम्बन्ध प्रेममा बद्लियो र पछि दाम्पत्यमा । उनी व्यस्तताको वावजुत आइतबार एक दिन आफ्नो परिवारलाई समय दिन्थे । तर, पछि ओशोबाट प्रभावित भएपछि परिवार त्यागे र अमेरिका गएर ओशोको माली बनेर बसे ।

६. उनी परिवारसँग तीन-चार बर्ष सम्पर्क विहिन रहे । त्यसपछि विनोद मुम्बई फर्किए तर, पत्नी गीताञ्जलीले उनीसँग सम्बन्ध बिच्छेद गर्ने निर्णय लिइसकेकी थिइन् । विनोदको गीताञ्जली तर्फका दुई छोरा जन्मिएका थिए, अक्षय र राहुल खन्ना ।

७. परिवारसँग सम्बन्ध विच्छेद भएपछि विनोदले फेरी ‘इन्साफ’ बाट बलिउडमा कमव्याक गरे ।

८. सन् १९९० मा उनले कवितासँग बिवाह गरे । कवितातर्फ उनको एक छोरा साक्षी र छोरी श्रद्धा खन्ना जन्मिए ।

९. हीरोको रुपमा स्थापित हुनुअघि विनोदले आन मिलो सजना, पूरब और पश्चिम जस्तो फिल्ममा साहयक वा खलनायकको भूमिका निर्वाह गरे । पछि गुलजार निर्देशित ‘मेरे अपने’बाट उनी निकै चर्चामा आए । त्यही फिल्मबाट उनी नायकमा पर्दापण भएका हुन् ।

१०. अमिताभ बच्चन र विनोद खन्नाको जोडीलाई दर्शकले अत्याधिक रुचाएका थिए । उनको हेराफेरी, खुन पसिना, अमर अकबर एन्थोनी आदि ब्लकबस्टर भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?