Comments Add Comment

यो परिवारमा छन् ५४ सदस्य, हरेक बेलुकी गर्नुपर्छ जनगणना


अहिले सानो परिवार सुखी परिवार भन्ने चलन चलेको छ र मानिसहरु संयुक्त परिवारको चलन छाडेर एकल परिवारमै रमाउन थालेका छन् । तर, भारतमा एउटा यस्तो परिवार छ जहाँ ५४ जना सदस्यहरु एउटै परिवारमा सँगै बस्छन् । यति धेरै सदस्य एउटै छानोमुनि बस्ने भएपछि बेलुकी को घरमा आयो कि आएन भन्ने पनि थाहा नहुने । त्यसैले यो परिवारको एउटा नियम छ कि हरेक बेलुकी सुत्नुअघि परिवारका सदस्यको गणना गर्ने र कोही घरमा आउन बाँकी रहे नरहेको यकिन गर्ने ।

भारतको छत्तिसगढस्थित बलौदा बजार जिल्लाको दशरमा ग्राम पञ्चायतमा छ यो परिवार । उक्त परिवारका ६ पुस्ताका सबै सदस्य अहिलेसम्म पनि सगोलमा बस्दै आएका छन् । यो परिवारमा १५ जना बुहारी नै छन् । विभिन्न घरबाट बिहे गरेर आएका ती बुहारीहरु पनि मज्जाले मिलेर बसेका छन्, कहिल्यै ठाकठुक परेको छैन ।

घरमा साना ठूला गरी २५ जना बच्चा छन् । उनीहरु दिउँसो पढ्न जान्छन् । खाना पकाउने काम बुहारीहरु सबै मिलेर गर्छन् । परिवारका सदस्यहरुले खाना खाने बेलामा त भतेर नै लगाएजस्तो हुन्छ ।

बेलुकी घर आइपुग्न कोही छुट्यो कि भन्ने निधो गर्न गाह्रो । ५४ जनालाई एक एक गरेर सम्झिन पनि नसकिने । त्यसैले बेलुकी सुत्नुअघि परिवारमा जनगणना गरिन्छ । पूरै ५४ जना नै उपस्थित भएको पक्का भएपछि मात्र परिवार ढुक्क सँग सुत्छन् ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment