Comments Add Comment

तरहरामा सुनिए सुवास

सुनसरी ।
धार्नी–बिसौली जोख्ने तुलो देखिनँ यो शहरमा
कसैको पनि दिल ठूलो देखिनँ यो शहरमा ।

बस्नलाई महल छ, पकाउनलाई भान्सा घर पनि,
तर तीन ढुङ्गाको चुलो देखिनँ यो शहरमा ।

युवा गजलकार तथा गीतकार सुवास राई ‘क्याप्टेन’ शहरको लेखाजोखा गर्दै थिए । हेवेन्ली पाथ नेपाल संयुक्त इकाई इटहरीले उनलाई तरहरामा एकल वाचनमा उभ्याएको थियो ।

भोजपुरमा मूल थलो भई हाल तरहरालाई कर्मथलो बनाएर साहित्य सिर्जना गरिरहेका गजलकार राईले देशप्रेम र समाजको चित्रण गरेका तीन दर्जनभन्दा बढी गीत र गजल सुनाए । उनको ‘सम्झनाको साँझबत्ती’, ‘सम्झना र सुनाखरी’ गजलसङ्ग्रह र ‘आम्लाबुङ र सिलिहाङमा’ गीतसङ्ग्रह प्रकाशित छन् ।

कार्यक्रमका कवि तथा प्राज्ञ श्रवण मुकारुङले सुवासमा सांस्कृतिक चेतना भएको र उनका रचनाहरूले गाउँघरलाई सम्झाउने बताए । स्रष्टा राईका बारेमा विनोद राई, हेवेन्ली पाथ नेपाल संयुक्त इकाई इटहरीका अध्यक्ष जितशेर राई लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment