Comments Add Comment

आईजीपी अर्यालले बोलाएको बैठकमा सिलवाल गएनन्, चन्द भने सहभागी

२९ चैत, काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक प्रकाश अर्यालले बोलाएको प्रहरी समन्वय समिति -पीसीसी)को बैठकमा डीआईजी नवराज सिलवाल अनुपस्थित भएका छन् ।

अर्यालको स्वागतमा प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रम गरिएको थियो । जहाँ अर्याललाई सलामी दिइएको थियो भने निमिक्त आईजीपीको भूमिका सम्हालेका एआईजी डा. दिनेशचन्द्र पोखरेलले जुनियर प्रहरी अधिकारीको सेवा सुविधामा ध्यान दिन आग्रह गरे ।

महानिरीक्षक अर्यालले सरकारले आफूलाई दिएको जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

लगतै अर्यालले महानिरीक्षकका रुपमा पीसीसीको पहिलो बैठक बोलाए, जसमा सरकारले आईजीपीमा बढुवा गरेर पनि फुली लगाउन नपाएका डीआईजी जयबहादुर चन्द सहभागी भएका छन् ।

तर, सिलवाल भने पीसीसी मिटिङ छाडेर सरकारको निर्णयविरुद्ध अदालत पुगेका छन् ।

बैठकमा प्रहरी महानिरीक्षक अर्यालले इमान्दारितापूर्वक काम गर्न सबैलाई निर्देशन दिएका छन् ।

सरकारले सोमबार मात्र अर्याललाई आईजीपी नियुक्त गरेको थियो । साथै मध्यरातमा नै फुली लगाउनुका साथै पदभार सम्हालेका थिए ।

तस्वीर : श्रीधर पाैडेल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment