Comments Add Comment

गर्मीमा पौडीः मनोरञ्जन पनि, तन्दुरुस्ती पनि

मध्यन्ह चर्को घामले रापिएको बेला चिसो पानीमा डुबुल्की मार्नु कति आनन्द हुन्छ ? धेरैसँग यसको अनुभव हुनसक्छ । यतिबेला गर्मीको मौसम छ । दिनप्रतिदिन तामपान बढेको बढ्यै छ । गर्मीको रापबाट शरीरलाई सितलता प्रदान गर्न धेरैजना स्विमिङ पुल धाउन थालेका छन् । त्यसो त पौडीले गर्मीमा राहत मात्र मिल्ने होइन, शारीरिक स्फूर्ति पनि बढाउँछ । किनभने पौडी खेल्दा हाम्रो शरीरका सबै अवयवहरु चलायमान एवं सक्रिय हुन्छन् ।

पौडी आफैमा खेल हो र कला पनि । त्यसैले पौडी खेल्ने आफ्नै विधी र तौर तरिका छन् । यद्यपी नियमबद्ध पौडी खेल्नुपर्छ भन्ने छैन । यो रमाइलो पनि हो । अतः यहाँ पौडी खेल्नअघि अपनाउनुपर्ने सावधानीहरु उल्लेख गरिएको छ ।

१. क्लोरिनको मात्रा
तपाई जुन स्विमिङ पुलमा जानुहुन्छ, त्यसको पानीमा क्लोरिनको मात्रा कति छ ? थाहा पाउनुपर्छ । किनभने स्विमिङ पुलमा पानी सफा गर्नका लागि क्लोरिन प्रयोग गरिन्छ । क्लोरिनको मात्रा बढी भयो भने त्यसले छाला सम्बन्धी समस्या निम्त्याउन सक्छ । त्यसैले धेरै क्लोरिन भएको स्विमिङ पुलमा नजानुहोस् ।

२. स्विमिङ पछि नुहाउने
स्विमिङ गर्न जानुअघि साबुन, स्याम्पु पनि बोक्नुपर्छ । जब स्विमिङ गरिन्छ, तब सफा पानीमा साबुन र स्याम्पुले नुहाउनु पर्छ । यसले गर्दा क्लोरिनयुक्त पानीको प्रभाव शरीरमा रहदैन ।

३. तीस मिनेटअघि भरपुर पानी पिउने
जब स्विमिङका लागि जानुहुन्छ, त्यसको ३० मिनेटअघि पर्याप्त पानी पिउनुहोस् । यसले शरीरमा पानीको मात्रा कमी हुन दिदैन ।

४. आई बियर
आँखामा स्विमिङ ग्लास लगाउनुहोस्, जो मूख्य रुपले स्विमिङका लागि तयार गरिएको हुन्छ । स्विमिङ ग्लास लगाइएन भने आँखा रातो हुने वा संक्रमण हुने डर हुन्छ ।

५. कानलाई बचाउनुहोस
स्विमिङका बेला कानमा पानी पस्ने भय हुन्छ । त्यसैले इयर प्लग लगाउनुपर्छ ।

६. स्विमिङ सुट तुरुन्तै बदल्ने
जब तपाई स्विमिङ खेलिसक्नुहुन्छ, तुरुन्त आफ्नो पहिरन बदल्नुहोस् । यसले प्राइभेट पार्टमा संक्रमण हुने खतरा हुँदैन ।

७. मोश्चराइजरको प्रयोग गरौं
स्विमिङ गरिसकेपछि नुहाउने । र, मोश्चराइजर लगाउने । यसले छाला रुखो हुन दिदैन ।

स्विमिङका फाइदाहरु के छन् ?
– स्विमिङ जुनसुकै उमेरकाले गर्न सक्छन् । यसले तपाईको रक्त प्रवाह सुचारु हुन्छ । पानीमा तैरने अभ्यासले शरीरमा रक्त संचार बढ्छ । यसैले पौडीको समयमा आफुलाई चुस्त-दुरुस्त महसुष गर्न सकिन्छ ।

– स्वस्थ्य रहनका लागि शरीरमा खराब कोलेस्ट्रोल कम हुनु आवश्यक छ । यसका लागि शरीरमा राम्रो कोलेस्ट्रोल बढी हुनुपर्छ । हप्तामा ५ पटक तैरने अभ्यासले शरीरमा राम्रो कोलेस्ट्रोल बढ्छ । शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रित राख्नका लागि पौडी राम्रो विकल्प हो ।

– मोटोपनको समस्या खेपिरहेकाहरुका लागि पौडी यस्तो विकल्प हो, जसले विना कष्ट मोटोपन घटाउन सहयोग गर्छ । क्यालोरी बर्न गर्ने राम्रो उपाय हो, पौडी । तपाई केवल ३० मिनेट पौडदा ४ सय ४० क्यालोरी बर्न हुन्छ ।

– पौडिएको समयमा सासमाथि नियन्त्रण राख्नुपर्ने हुन्छ । यसले फोक्सोको राम्रो कसरत हुन्छ । परिणमतः शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

– शरीरलाई लचिलो बनाउनमा पौडी निकै उपयोगी हुन्छ । पौडी खेल्दा शरीरका सबै अंगहरु सक्रिय हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment