+
+

कृष्णको गीतमा ‘साइली’ बनिन् हर्षिका

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ३० गते ९:२०


गायक, गीतकार तथा संगीतकार कृष्ण कट्टेलले ‘अक्षर’ नामक एल्बम बजारमा ल्याएका छन् । यो एल्बमको आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ । पत्रकार भरत शाक्यले एल्बमको बिमोचन गरे ।

यो एल्बममा ५ वटा गीत समावेश छ । गायक कट्टेलले एल्बम निकाल्न गाह्रो भएपनि सांगीतिक क्षेत्रमा लाग्ने आफ्नो चाहनालाई मर्न नदिन यहाँ आएको बताए । उनले आफू निरन्तर यो क्षेत्रमा लाग्ने पनि बताए ।

आधुनिक र लोकधारको नेपाली मौलिक संगीत शैलीलाई आत्मसाथ गरी गीतहरु तयार पारिएको गायकको भनाई थियो । कार्यक्रममा ‘ज्यान साइली’ बोलको गीतको म्यूजिक भिडियो पनि प्रदर्शन गरिएको थियो । भिडियोमा नायिका हर्षिका श्रेष्ठको साथमा मोडल पवित्र भण्डारीले मोडलिङ गरेका छन् । दोलखाको खरी ढुंगामा छायांकन गरिएको भिडियोको निर्देशन भरत शाक्यले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?