+
+

सेयर बजारमा राजनीतिक प्रभाव, धितोपत्र बोर्डले पनि भन्यो लगानी गर्दा सतर्कता अपनाऊ

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ३० गते १६:१६


३० चैत, काठमाडौं । तीन दिन लगातार बढेको नेप्से परिसूचक बुधवार भने ६.७५ अंकले घटेको छ । अन्तरदिनको कारोबारमा दुई पटक १७३७ बिन्दुमा पुगेर घटेको नेप्से दोस्रो पटक भने साझो दरमा ओरालो लागेको छ ।

मधेशी मोर्चाले संविधानको नयाँ संशोधन प्रस्ताव पनि अस्वीकार गरेको समाचारहरु आएपछि लगानीकर्ताहरु सशंकित भएका हुन् ।  ‘बजारमा राजनीतिक प्रभाव देखिएको हो भने केही दिन अघि किनेकाहरुले मुनाफा सुरक्षित गर्ने क्रम पनि बढाएकाले यस्तो देखिएको हो,’ ब्रोकर मेघनाथ उपाध्यायले भने । हुनत : बजारमा राजनीतिक प्रभावको लामो प्रभाव देखिने गरेको छैन । तरपनि, बजार हालसम्मको सर्वाधिक उचाई १८८१ माभन्दा १ सय ४६ अंक मात्र मुनिरहेकोले पनि लगानकर्ताहरुले यही समयमा मुनाफा सुरक्षित गर्ने क्रम बढाएका हुन् ।

केही दिन अघिसम्म उच्चले मू्ल्य बढिरहेका बिमा कम्पनीहरुको पनि सेयर मूल्य घटेका छन् । चुक्ता पुँजीको निर्देशन पछि बढ्ने क्रममा देखिएको बीमा कम्पनीहरुको मूल्य केही घटेको हो । यसरी सबैभन्दा धेरै मूल्य घट्ने बीमा कम्पनीहरुमा कतिपय कम्पनी क्षेत्रगत आधारमा तुलनात्मक रुपमा कमजोर देखिएका, पुँजी वृद्धिको लागि धितोपत्र बोर्डमा एफपीओ दर्ता गरिसकेका कम्पनीहरु छन् । बजार घटेपनि कारोबार रकमले भने बजारलाई टेवा दिएको छ । यस दिन २ अर्ब ७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

मुख्यतः बैंकिङ र बिमा समूहको परिसूचक घटेपछि बजारले वृद्धिको बाटो समात्न सकेन ।

यता, धितोपत्र बोर्डले पनि लगानीकर्तालाई सतर्कता अपनाएर सेयरमा लगानी गर्न आग्रह गरेको छ । बजारको भावी दिशाबारे सञ्चार माध्यम, अनलाइनहरु, सामाजिक सञ्जालमा अड्कल सहितका प्रकाशनहरु आएका र कतिपयले यसैलाई आधार मानेर लगानी गरिरहेको सुनिएकोले सर्तकता अपनाउन बोर्डले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?