+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सात कारोबार दिनपछि बढ्यो सेयर बजार, बीमामा आकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते १५:१८

काठमाडौं । विगतका सात कारोबार दिनसम्म लगातार घटेको सेयर बजार बुधबार सम्हालिएको छ । मंसिर १० गतेयता भएका सबै सात कारोबार दिनमा बजार घटेको थियो । बुधबार भने बजारको परिसूचक नेप्से ३.३ अंकले बढ्यो ।

आजको वृद्धिपछि बजार १८४१ अंकमा कायम भएको छ । नेप्सेमा सुधार देखिए पनि कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १ अर्ब ५४ करोड रुपैयाँको धितोपत्र कारोबार भएकोमा बुधबार जम्मा १ अर्ब १४ करोडमा खुम्चियो । कुल १२१ कम्पनीको मूल्य बढ्दा १०६ को घट्यो भने १३ को स्थिर रह्यो ।

समग्र सेयर बजार घट्दा बीमा समूहमा भने लगानीकर्ताको आकर्षण देखिएको छ । जीवन बीमा समूह ८४ अंक (१.२ प्रतिशत) तथा निर्जीवन बीमा समूह ७८ अंक (०.७ प्रतिशत) बढे । बीमाका अलावा व्यापार ११, अन्य ६, विकास बैंक ३, माइक्रोफाइनान्स समूह १६ अंक बढे । बैंकिङ १, फाइनान्स ३, होटल तथा पर्यटन १९, जलविद्युत् १, उत्पादन तथा प्रशोधन ३३ अंक घटे ।

ग्लोबल आईएमई लघुवित्तको मूल्य १० प्रतिशत बढ्दा विजय लघुवित्तको ८ प्रतिशत बढ्यो । मन्दाकिनी हाइड्रोको ७.८, मोलुङखोलाको ७.८, माउन्टेन इनर्जीको मूल्य ६.२ प्रतिशत बढ्यो । हिजोसम्म माउन्टेन इनर्जी कम्पनीको मूल्यमा उच्च गिरावट देखिएकोमा बुधबार सम्हालिएको छ ।

सिंगटी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत घट्यो । अघिल्लो दिन १० प्रतिशत मूल्य बढेको यो कम्पनीको मूल्य बुधबार भने उच्च दरले घटेको हो । सबैको लघुवित्तको ५ तथा मिथिला लघुवित्तको मूल्य ४.५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी, सिटिजन लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?