+
+
Shares

भारतीय फिल्म ‘बटवारा १९४७’ को नेपाल प्रदर्शन ‘होल्ड’, रिलिजमा अन्योल

नेपालको केन्द्रीय चलचित्र जाँच समितिले यसअघि मित्रराष्ट्रको सम्बन्धलाई असर गर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने निर्णय गरिसकेको छ । यो निर्णयको पृष्ठभूमिमा अब ‘बटवारा १९४७’ के हुन्छ भन्ने चासो ब्याप्त छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते २१:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केन्द्रीय चलचित्र जाँच समितिले आमिर खान निर्मित फिल्म 'बटवारा १९४७' को प्रदर्शन अनुमति तत्कालका लागि रोकेको छ ।
  • समितिले धार्मिक सहिष्णुतामा खलल पार्न सक्ने भन्दै केही दृश्य र संवादमा संशोधन गरेर मात्र प्रदर्शन गर्न वितरकलाई निर्देशन दिएको छ ।
  • वितरक मनोज राठीले फिल्म बिग्रने भन्दै दृश्य काट्न अस्वीकार गरेका छन् र कानुनी उपचार खोज्ने बताएका छन् ।

काठमाडौं । आमिर खानको बहुप्रतीक्षित भारतीय फिल्म ‘बटवारा १९४७’ को नेपाल रिलिजलाई तत्काल ‘होल्ड’मा राख्दै केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ ।

समितिले फिल्मका कतिपय विवादित हुनसक्ने दृश्य र संवादलाई काटेर ल्याउन वितरकलाई भनेको छ । जसको कारण, शुक्रबारदेखि यो फिल्मको नेपाल प्रदर्शन के हुन्छ भन्ने कुरामा अन्योलता देखिएको छ ।

समिति अध्यक्ष उदयबहादुर रानामगर, सदस्य सौरभ बस्याल, मनोज पण्डित, सन्तोषबाबु लोहनी र ममता बाँस्तोलाद्वारा हस्ताक्षरित निर्णय पुस्तिकामा भनिएको छ :

‘प्रस्तुत चलचित्र जाँच गरि हेर्दा हालसालै नेपालमा घटेका घटनाक्रमलाई मध्यनजर गरी धार्मिक सहिष्णुता तथा शान्ति सुरक्षामा खलल पार्ने तथा नकारात्मक प्रभाव पार्न सक्ने सम्भावना देखिएकाले देहायका विषय संसोधन गरि १६ वर्षभन्दा माथिका उमेर समूहका दर्शकले हेर्ने गरी सार्वजनिक प्रदर्शन गर्न अनुमति दिने निर्णय गरियो ।’

यस फिल्मको नेपाल वितरक ब्यांकटेस इन्टरटेनमेन्टका प्रमुख मनोज राठीले समितिले भनेअनुसारका दृश्य काट्न नसकिने प्रतिक्रिया दिए । ‘हामी पुनः सेन्सर गर्छौं तर, भनिएका दृश्य काट्दा फिल्म बिग्रन्छ । हामी यो फिल्म रिलिजका लागि बरु कानुनी उपचार खोजेर लड्छौं’ उनले भने ।

आमिर खानले निर्माण गरेको यो फिल्म सेन्सर हुनुअघि नै केही हलले अग्रिम टिकट बिक्री गरिसकेका थिए । केही हल जाँच समितिको अन्तिम निर्णयको पर्खाइमा छन् ।

नेपालको केन्द्रीय चलचित्र जाँच समितिले यसअघि मित्रराष्ट्रको सम्बन्धलाई असर गर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने निर्णय गरिसकेको छ । यो निर्णयको पृष्ठभूमिमा अब ‘बटवारा १९४७’ के हुन्छ भन्ने चासो ब्याप्त छ ।

यो फिल्म के बारेमा छ ?

राजकुमार सन्तोषी निर्देशित यो फिल्म ‘सन् १९४७ मा भएको भारत विभाजनका क्रममा मानिसले भोगेको पीडा, आघात र कठिन परिस्थितिबीच देखाएको साहस तथा मानवीय संवेदनाको कथा हो । असगर वजाहतको चर्चित नाटक ‘जिस लाहौर नई वेख्या, ओ जम्या ई नई’ बाट रूपान्तरण गरिएको फिल्मको कथा सिकन्दर मिर्जा (सनी देओल) वरिपरि घुम्छ, जो आफ्नो परिवारसहित पाकिस्तान बसाइँ सर्छन् ।

त्यहाँ पुगेपछि उनीहरू एक हिन्दू परिवारले छाडेर गएको विशाल हवेलीमा बस्न थाल्छन्, जहाँ घर छाड्न अस्वीकार गरेकी वृद्ध हिन्दू महिला माई (शबाना आजमी) अझै बसिरहेकी हुन्छिन् । साम्प्रदायिक घृणाभन्दा मानवीयता र करुणालाई प्राथमिकता दिँदै सिकन्दरले स्थानीय स्तरमा बढ्दो हिंसाबीच माईलाई संरक्षण र आश्रय दिने निर्णय गर्छन् ।

फिल्ममा सनी देओल, प्रीति जिन्टा, शबाना आजमी, करण देओल, अली फजल र अभिमन्यु सिंहको प्रमुख भूमिका छ । लामो समयपछि ठूलो पर्दामा फर्किएकी प्रीति जिन्टाका लागि यो फिल्म महत्वपूर्ण कमब्याकसमेत हो भने अभिमन्यु सिंह मुख्य खलपात्रको भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?