Comments Add Comment

नयाँ वर्षको पूर्वसन्ध्यामा पोखराका होटल भरिभराउ, अकुपेन्सी हृवात्तै बढ्यो

३१ चैत, पोखरा । पर्यटकीय नगरी पोखराका होटलमा अकुपेन्सी हृवात्तै बढेको छ । ‘फेवा नव वर्ष महोत्सव’ले लेकसाइडसहित पोखराका होटल भरिभराउ भएका हुन् ।

महोत्सव सुरु हुनुअघिसम्म पर्यटक नहुँदा लेकसाइडका होटलका कोठाहरु आधा खाली हुन्थे । तर अहिले पोखराका कुनैपनि होटलहरु खाली छैनन् । लेकसाइडका सबै होटलका कोठाहरु आज रातिको लागि बुकिङ भइसकेका छन् ।

केहि दिन अघिसम्म लेकसाइडका होटलमा करीब ४० प्रतिशत मात्र अकुपेन्सी थियो । तर महोत्सव शुरु भएसँगै अकुपेन्सी बढेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष बिकल तुलाचनले बताए । उनका अनुसार महोत्सव शुरु भएको चैत २९ गतेदेखी अकुपेन्सी बढ्दै अहिले ९५ प्रतिशतसम्म अकुपेन्सी रहेको जानकारी दिए ।

महोत्सवको मुख्य दिन आज होटलहरु भरिभराउ भएको अध्यक्ष शेरचनले बताए । पोखरामा ६ सय होटलहरु छन् । त्यसमध्ये पश्चिमाञ्चल होटल संघमा ४ सय होटलहरु आबद्ध छन् । ती होटलहरुमा करीब १८ हजार बेड रहेको र प्रायः सबै बेडहरु आज रातिको लागि बुकिङ भइसकेको उनले बताए ।

काठमाडौं, चितवनसहित देशका विभिन्न ठाउँबाट नयाँ वर्षको स्वागतार्थ आयोजित ‘फेवा नव वर्ष महोत्सव’को अवसर पारेर आउने पर्यटक बढ्दा अकुपेन्सी बढेको उनको भनाई छ ।

पोखरामा हाल आन्तरिक पर्यटकहरु धेरै आउने गरेका छन् । पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटकको फ्लो बढेको संघका अध्यक्ष शेरचनले बताए । उनका अनुसार कुल पर्यटक संख्याको ६० प्रतिशत आन्तरिक र बाँकी ४० प्रतिशत बाहृय पर्यटक पोखरा आउने गर्छन् । नेपालीको कमाई बढ्नुका साथै रमाइलो गर्ने, घुमफिर गर्ने बानीको विकास हुँदा पर्यटक बढेको उनको ठम्याई छ ।

अहिले पर्यटक आउने सिजन भएकाले पनि होटलहरु भरिभराउ भएको शेरचनको भनाई छ । पर्यटकहरुका लागि मध्य सेप्टेम्बरदेखि मध्य डिसेम्बरसम्म मूख्य सिजन र अहिले मध्य मार्चदेखि अपि्रलसम्म दोश्रो सिजन हो ।

होटलमा पर्यटक बढेसँगै रेष्टुरेण्टको ब्यापारमा पनि उच्च बृद्धि ल्याएको छ । लेकसाईडका रेष्टुरेण्टहरु भरिभराउ हुनुका साथै ब्यापार पनि उल्लेख्य भएको व्यवसायीले बताएका छन् ।

त्यस्तै, पर्यटक आगमनमा आएको बृद्धिले प्याराग्लाइडिङ, बञ्जीजम्प, जीप फ्लायर, टे्रकिङलगायतका क्षेत्रमा समेत सकारात्मक प्रभाव परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment