Comments Add Comment

फोर्ब्सको ‘अन्डर ३०’ सूचीमा परे पाँच नेपाली युवा

१ बैशाख, काठमाडौं । अमेरिकी पत्रिका फोर्ब्सले जारी गरेको एसियाका ‘३० वर्षमुनिका ३० प्रभावशाली’ युवाको सूचीमा पाँच जना नेपालीले स्थान बनाएका छन् ।

१० वटा विधामा ३०-३० जना छनौट गरिएको यस सूचीमा २४ देशका नागरिक परेका छन् ।

फोर्ब्सले अनलाइनमा परेको मनोनयन तथा आफ्ना संवादाता र अनुसन्धानकर्ताहरुलाई खोज्न लगाएर ३० जना निर्णायकको सहयोगमा सूची तयार पारेको हो । सूचीमा नेपालका प्रभाव यादव, सूर्य कार्की र रवीकुमार नेपाल, आशिष आचार्य र सविन भण्डारी परेका छन् ।

प्रभात यादव

‘मिडिया, मार्केटिङ एन्ड एडभरटाइजिङ’ विधामा प्रभात यादव सूचीभित्र परेका हुन् । प्रविधिसम्वन्धी लोकप्रिय युट्यूब च्यानल ‘एक्सप्लोर ग्याजेट’का संस्थापक यादवले यसअघि १ लाख सब्सक्राइबर पुर्‍याएकोमा यूट्यूबबाट सिल्भर प्ले बटन अवार्ड प्राप्त गरेका थिए ।

यो अवार्ड प्राप्त गर्ने उनी नेपालका पहिलो यूट्यूबर हुन् ।

फोर्ब्सले २३ वर्षीय यादवको बारेमा लेखेको छ, ‘उनले आफ्नो स्कुलको पढाई पूरा गर्नासाथ सन् २०१२ मा युट्यूब च्यानलका रुपमा एक्सप्लोर ग्याजेट्स कम्पनी काठमाडौंमा स्थापना गरेका थिए । यो च्यानलले नेपाली दर्शकहरुलाई पछिल्ला ग्याजेट्सहरुसँग परिचित गराएको थियो ।’

यादव ४ लाख सब्सक्राइबर रहेको युट्यूब च्यानलका विषयवस्तु रचनाकार, निर्माता तथा सम्पादक हुन् ।

उनको टिममा भ्वाइस ओभर गर्ने आयूसध्वज विष्ट, गेम्स र अडियो उपकरण समिक्षा हेर्ने सम्मान, एप्सको समिक्षा गर्ने सफल र पिआर र स्क्रिप्ट हेर्ने सोहिल रहेका छन् ।

यो पनि पढ्नुहोस्

फोर्ब्स सूचीमा परेका नेपाली ‘टेक मास्टर्स’को घतलाग्दो कथा 

 

रविकुमार नेपाल

नेपालमा डिजिटल साक्षरता तथा ठूला तथ्यांकको प्रयोग बढाउने उद्देश्यले रविकुमार नेपाल र उनकी अमेरिकी पत्नीले कोड फर नेपाल स्थापना गरेका थिए । उनीहरु संयुक्तरुपमा सूचीमा परेका छन् ।

उनीहरुले नेपालको तथ्यांकमा सहज पहुँच पुर्‍याउने उद्देश्यले गत वर्षबाट नेपालम्याप डट ओआरजी पनि सञ्चालनमा ल्याएका छन् ।

फोर्ब्सका अनुसार रविकुमारले नेपालका ग्रामिण क्षेत्रमा २५ वटा स्कुल पुनर्निर्माणमा सहयोग गरेका थिए ।

सूर्य कार्की

नेपालको ग्रामिण क्षेत्रमा निःशुल्क शिक्षा प्रदान गर्ने दियालो फाउन्डेसनका संस्थापक सूर्य कार्की सामाजिक उद्यमी विधामा सूचीमा परेका छन् ।

उनको संस्थाले ग्रामिण बासिन्दालाई कृषि र उर्जाको बारेमा प्रशिक्षण र सेवा दिने काम पनि गर्छ ।

२६ वर्षीय कार्कीले ८ वर्षको उमेरमा राष्ट्रिय छात्रवृत्ति पाएर हाल बेइजिङको सिन्घुवा विश्वविद्यालयमा मास्टर्स डिग्री अध्ययन गरिरहेका छन् । विश्वविद्यालयमा मास्टर्स डिग्री अध्ययन गरिरहेका छन् ।

ह्वाइटस्पेस/थ्रेडपेन्ट्स

आशिष आचार्य र सविन भण्डारीको जोडीले सन् २०१२ मा कलेजमा पढिरहँदा नेपालमै पहिलोपटक एउटा अनलाइन कपडा पसल सञ्चालन गरेका थिए ।

उनीहरुको ‘थ्रेडपेन्ट्स‘ ले चाँडै नै आफूलाई स्थानीय डिजाइनरहरुले तयार गरेको टिसर्टदेखि भिर्ने ब्याग, घडी र अत्तरसम्म सबै बिक्री गर्ने केन्द्रका रुपमा आफूलाई स्थापित गर्न सफल भयो ।

यस ब्रान्डले आफ्नो ‘टिसर्ट फर रिलिफ’ कार्यक्रममार्फत भूकम्पपीडितहरुलाई सहयोग गर्न रकम संकलनसमेत गरेको थियो ।

पछि यो जोडीले ह्वाइटस्पेश नामक कम्पनी स्थापना गर्‍यो जसको एउटा अंगका रुपमा रहेको छ थ्रेडपेन्ट्स । एशियाका ३० बर्षमुनीको सूचीमा यो जोडीले पनि स्थान बनाएको छ ।

यो पनि पढ्नुहोस्

फोर्ब्स सूचीमा परेका नेपाली ‘टेक मास्टर्स’को घतलाग्दो कथा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment