Comments Add Comment

काठमाडौंको मेयरमा उम्मेदवारी दिने पूर्वसचिव किशोर थापाको घोषणा

१ बैशाख, काठमाडौं । पूर्वसचिव किशोर थापाले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

थापा साझा पार्टीमा आवद्ध छन् । तर, दल दर्ता नभएकाले साझा पार्टीलेे स्थानीय तहको चुनावमा दलगत रुपमा भाग लिन पाउँदैन । त्यसैले स्वतन्त्र उम्मेदवारका रुपमा पूर्वसचिव थापालाई उम्मेदवार बनाउन लागिएको साझा पार्टीले जनाएको छ ।

पूर्वसचिव थापाले पनि आफू उम्मेदवार बन्न लागेको अनलाइनखबरलाई बताए ।

महानगरका लागि थापाको कार्ययोजना र उपमेयरको उम्मेदवार छिट्टै सार्वजनिक गरिने साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले बताएका छन् ।

को हुन् थापा ?

काठमाडौंको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका थापा आर्किटेक्ट इन्जिनियर हुन् । शहरी विकास, शिक्षा, पर्यटन लगायतका मन्त्रालयमा सचिवको जिम्मेवारी निभाइसकेका थापाले शहरी योजनामा स्नातकोत्तर गरेका छन् र आवास नीतिका विज्ञ हुन् ।

सचिवबाट अवकास पाएपछि उनले बाग्मती सरसफाइ अभियानमा सक्रिय थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment