+
+

पत्रकार भएर अमिताभको जीवन खोतल्न चाहन्छिन् सोनाक्षी

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १ गते १८:३६

दबंग फिल्मबाट बलिउडमा इन्ट्री मारेकी अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो आगामी फिल्म ‘नूर’ मा एक पत्रकारको भूमिका निभाएकी छिन् । यदि वास्तविक जीवनमा पनि उनी पत्रकार नै भएको भए के गर्थिन् होली ?

यही प्रश्न सोनाक्षीलाई वीवीसीले सोध्यो । जवाफमा उनले भनिन्, ‘म अमिताभ बच्चनको जीवनमाथि खोजतलास गर्थेँ ।’ सोनाक्षीका अनुसार अमिताभको अमिताभको प्रेरणादायी जीवनबारे उनी धेरै कुरा जान्न चाहन्छिन् ।

तर नूर फिल्ममा सोनाक्षीले अमिताभको होइन, अभिनेत्री सन्नी लियोनीको अन्तरवार्ता लिनेछिन् । यो अन्तरवार्ताका लागि उनले सनीलाई घन्टौंसम्म कुराउनले दृष्य फिल्ममा छ । सोनाक्षीको भनाईमा सनी लियोनी एकदमै प्यारी छिन् र उनले आफ्नो फिल्ममा अतिथि भूमिका निभाएकोमा सोनाक्षी निकै खुशी छिन् ।

ठूलो पर्दामा सलमान खान र अक्षयकुमार जस्ता ठूला अभिनेतासँग रोमान्स गरेपछि सोनाक्षीले आफ्नै उमेरका अभिनेताहरुतर्फ फर्किएर लुटेरा, आर राजकुमार र तेवर जस्ता फिल्महरु खेलिन् । पछिल्लो फिल्म अकिरामा उनले बक्स अफिसको बोझ एक्लैले उठाइन् ।

करिअरमा आएको यो परिवर्तनबारे टिप्पणी गर्दै सोनाक्षी भन्छिन्, ‘म एउटा अभिनेताको रुप्मा अगाडि बढिडरहेकी छु । करिअरको सुरुवातमै मलाई राम्रो मौकाहरु प्राप्त भए र मैले नाम कमाए । अब म आफ्नै बलमा फिल्म चलाउने क्षमता राख्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?