Comments Add Comment

संघीय गठवन्धन र बाबुरामको ‘६८ दलीय मोर्चा’ले संयुक्त आन्दोलन गर्ने !

२ वैशाख, काठमाडौं । संघीय गठवन्धन र डा. बाबुराम भट्टराई नेतृत्वको ६८ दलीय गठबन्धन संयुक्त आन्दोलन गर्न सैद्धान्तिक रुपमा सहमत भएका छन् ।

मधेसी मोर्चासहितको संघीय गठवन्धनले संविधान संशोधनको माग गर्दै आन्दोलन घोषणाको तयारी गरेको छ । उसले सम्भवतः भोलि बैशाख ३१ को स्थानीय चुनावलाई लक्षित गरेर आन्दोलन घोषणा गर्नेछ ।

आगामी स्थानीय तहको चुनावमा भाग लिने तयारीमा रहेका ६८ दलले भने भट्टराई नेतृत्वको नयाा शक्ति पार्टी नेपालको अगुवाईमा दलीय चुनाव चिन्हको माग गर्दै शनिबारदेखि रिले अनसन सुरु गरेका छन् ।

शनिबार साँझ भट्टराईसहित मधेसी मोर्चाका नेताहरुबीच भएको छलफलमा संयुक्त आन्दोलन गर्ने समझदारी भएको छ । सम्भवत भोलि बेलुकासम्ममा संयुक्त वक्तव्य आउने रामसपाका महासचिव केशव झाले बताए ।

भट्टराईसहितको प्रस्तावको मधेसी मोर्चाका नेताहरु गठवन्धनको बैठक छोट्याएर छलफलका लागि गएका थिए ।

बैठकमा दुबै पक्षबाट टोली बनाएर साझा मुद्धा पहिचान गर्ने र राष्ट्रिय आन्दोलन अगाडि बढाउने सैद्धान्तिक सहमति भएको महासचिव झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment