२७ वैशाख, काठमाडौं । संसदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिंदैछन् । सो प्रयोजनका लागि संसदमा मतदानको प्रक्रिया शुरु हुँदैछ ।
संसदको पहिलो बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट विशेष अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका छन् । सभामुखले सो पत्र पढेर सुनाएपछि आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको नामावली वाचन गरेका छन् ।
त्यसपछि १५ मिनेटका लागि स्थगित गरिएको संसद बैठक फेरि शुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4