+
+
Shares

संसद राम्रोसँग सञ्चालन गर्ने भए विश्वासको मत दिनुस् : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते १६:५७

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद राम्रोसँग सञ्चालन गर्ने भए आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा विश्वासको माग माग्दै उनले संसद राम्रोसँग सञ्चालन गर्ने भए आफूलाई विश्वासको मत दिनुपर्ने बताएका हुन् ।

उनले विश्वासको मत नदिए आफूले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने पनि बताए ।  ‘मैले सरकारको नेतृत्व गर्न जरुरी छ कि छैन, संसदले आदेश देओस्, छैन भने संसदको आदेशसँगै मार्गप्रशस्त भइहाल्छ’ उनले भने, ‘यसमा कुनै जालझेल षड्यन्त्र छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?