Comments Add Comment

दैनिक तीन घण्टा फेसबुक चलाउँछुः सुष्मा

म्युजिक भिडियोमा ब्यस्त नायिका सुष्मा अधिकारी दैनिक कम्तिमा तीन घण्टा समाजिक सञ्जालमै रमाउँछिन् । फेसबुक र इन्स्टाग्राममा बढी नै झुम्मिने सुष्मालाई लाग्छ ‘दर्शकसँग पुग्ने सबै भन्दा सहज र सजिलो माध्यम सामाजिक सञ्जाल नै हो ।’

उनी चौबिसै घण्टा अनलाइनमै हुन्छिन् । हरेक दिन बिहान, दिउँसो र बेलुका एक-एक घण्टा सामाजिक सञ्जालमा रमाएकै हुन्छिन् । घरमा हुँदा मात्रै हैन सुटिङमा जाँदा समेत अलिकति समय भयो कि मोबाइलमा औला चलाउन थालिहाल्छिन् ।

सामाजिक सञ्जालमा उनको सक्रियताले प्रसंशकहरुलाई निकै खुसी बनाएको छ । सन्चै हुनुहुन्छ एकछिन कुरा गर्न मन थियो भन्नेहरुदेखि मेरो एउटा म्युजिक भिडियोमा काम गर्नु थियो भन्नेहरु समेतलाई सामाजिक सञ्जाललाई जोडेको छ ।

सुष्माको बुझाइमा सबै मान्छेहरुसँग सम्पर्क गर्ने नम्बर हुँदैन । ति मान्छेहरुलाई पनि उनीसँग जोडने काम गरेको छ, सामाजिक सञ्जालले । ‘विदेशमा कार्यक्रम गर्न चाहने र म्युजिक भिडियोमा काम गराउनेहरु मध्ये कतिपयसँग म सामाजिक सञ्जालवाटै जोडिएकी छु ।’ सुष्माले भनिन् ।

केहि प्रसंशक यस्ता पनि भेटेकी छिन्, जसले वेला वेलामा आलोचना गर्छन् ‘किन यति धेरै सक्रिय भएको ?’ आमावाट भने प्रसस्तै आलोचना खेपेकी छिन् । ‘फेसबुक चलाउन थालेपछि भात खान पनि बिर्सन्छे भनेर ममीले धेरै किचकिच गर्नुहुन्छ ।’

दुइटा मोबाइल बोक्ने गरेकी सुष्माले ल्यापटप चलाउन छाडेको धेरै भैसक्यो । उनको बुझाइमा ‘अब मोबाइलमै सबथोक हुन्छ ल्यापटप जरुरी छैन ।’ महिनामा पाँच हजार पैसा उनले सामाजिक सञ्जालमै खर्च गर्ने गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment